शङ्करप्रसाद पोख्रेल, बुटवल ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले रुपन्देहीमा एक सय छत्तिसौँ मजदुर दिवस मनाएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलमको प्रमुख आतिथ्यमा २०८२ वैशाख १८ गते बिहीबार राजमो लुम्बिनी प्रदेश कार्यालयको सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै आलमले मजदुरहरू आफ्नो हकहित आफै सङ्घर्ष गरेर प्राप्त गर्न सक्ने बताउनुभयो ।
कार्यक्रम मन्तव्य राख्ने वक्ताहरूमा कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, अखिल नेपाल जनजाति सम्मेलनका हरि राहाडी, अखिल नेपाल बुद्धिजीवी सङ्घका लीलबहादुर केसी, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गा सापकोटा, राजमो अध्यक्ष टानबहादुर केसी, अखिल नेपाल युवक सङ्घका मिलन पोख्रेल, अखिल नेपाल महिला सङ्घकी भानु केसी, रक्तिमकी केन्द्रीय क्षितिजा राहाडी, राजमो लुम्बिनीका कोषाध्यक्ष गणेश गौतम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका ढुन्डिराज शर्मा, जातीय समता समाजका दिलप्रसाद नेपालीलगायत हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता नारायण पुनले, सञ्चालन कविराज गिरीले र स्वागत यामबहादुर परियारले गर्नुभएको थियो ।
