• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सोती घटनाबारे कर्णाली उच्च अदालतको फैसलालाई राजमोले गऱ्यो स्वागत


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रुकुम चौरजहारी सोतीस्थित दलित उत्पीडनको घटनामा कर्णाली उच्च अदालतको फैसलालाई स्वागत गरेको छ ।

    Advertisement

    जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी उच्च अदालतले फैसला सुनाएपछि २०८२ वैशाख १७ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।

    राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा जारी वक्तव्यमा तत्कालीन सांसदको रूपमा आफू पनि संलग्न रहेको छानबिन समितिले पीडित नवराजसहितका छ जना निर्दोष रहेको रिपोर्ट दिइएको स्मरण गरिएको छ ।

    सोती घटनाको फैसलाले मात्र दलित उत्पीडनको समस्या समाधान हुन नसक्ने बताउँदै वक्तव्यमा यस सम्बन्धमा बनेका कानुन कडाइपूर्वक लागु गर्नुपर्ने आवश्यकतामा राजमोले जोड दिएको छ ।

    जातीय छुवाछुतका विरुद्ध व्यापक जनचेतना उठाएर सांस्कृतिक आन्दोलनको आवश्यकतामा जोड दिइएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “रुकुम चौरजहारी सोती घटनामा नवराजसहित ६ जना दलितको निर्मम हत्या गरिएको थियो । त्यो मुद्दामा पश्चिम रुकुम जिल्ला अदालतले त्यो हत्याकाण्डमा संलग्न २३ जना व्यक्तिलाई जन्मकैदको सजाय सुनाएको थियो । अहिले कर्णाली उच्च अदालतले पनि जिल्ला अदालतको फैसलालाई कायम राख्दै त्यो ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालतले दिएको फैसलालाई सदर गरेको छ । उच्च अदालतको त्यस प्रकारको न्यायपूर्ण फैसलालाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ ।

    सोतीको त्यो हत्या काण्डपछि त्यो घटनाको छानबिन गर्न संसद्ले एउटा छानबिन समिति बनाएको थियो, जसमा म पनि एक जना सदस्य थिएँ । हामीले घटनास्थलमा नै गएर सम्बन्धित सबै व्यक्तिसित भेटघाट गरेर त्यो मुद्दासित सम्बन्धित सबै पक्ष वा तथ्यको विस्तृत र गहन रूपले छानबिन गरेका थियौँ । त्यस प्रकारको छानबिनका आधारमा हाम्रो छानबिन समितिले प्रतिवेदन तयार पारी त्यहाँ सामूहिक रूपले हत्या भएको ठहर गर्दै त्यस प्रकारको हत्या काण्डमा संलग्न व्यक्तिलाई कडा सजाय दिनका लागि सिफारिस गरेको थियो । हामीलाई यसको लागि खुसी लागेको छ कि त्यो हत्याकाण्डमा संलग्न व्यक्तिलाई पहिले जिल्ला अदालतले र अहिले उच्च अदालतले पनि कडा सजाय दिएको छ ।

    चौरजहारी सोतीमा दलितको जुन हत्याकाण्ड भयो, त्यो खालि त्यहाँको मात्र स्थानीय समस्या होइन, देशभरि नै दलितमाथि व्यापक रूपले भेदभाव तथा प्रताडनासमेत गरिन्छ र उनीहरूमाथि कैयौँ अन्यायपूर्ण कारबाही गरिन्छन् । त्यो एक प्रकारले सामाजिक संस्कार नै बनेको छ । सामान्य जनतामा पनि त्यस प्रकारको संस्कारले गहिरो घर जमाएको छ । त्यसको परिणामस्वरूप हाम्रो समाज धेरै नै विषाक्त, दूषित र विकृतसमेत बन्न गएको छ । वास्तवमा त्यो देशको एउटा गम्भीर सामाजिक समस्या नै हो । त्यसैले कुनै खास काण्डसित सम्बन्धित केही व्यक्तिलाई सजाय दिएर मात्र त्यो समस्याको समाधान हुने छैन । त्यसका लागि कडा कानुन बनाएर त्यसलाई प्रभावशाली प्रकारले लागु गर्नुपर्ने आवश्यकता छ । प्रहरी, प्रशासन र अदालतले समेत दलित मैत्री र न्यायपूर्ण दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता छ ।

    हाम्रो जोड दलित समस्यालाई जगबाट नै समाधान गर्ने हुनुपर्दछ र त्यसरी नै समाजमा घर जमाएको दूषित मानसिकतालाई निर्मूल गर्न सकिनेछ र सक्नु पनि पर्दछ । त्यो कार्य पूरा गर्नका लागि समाजमा छुवाछुत प्रथाका विरुद्ध व्यापक जनचेतना उठाउनुपर्ने र उच्च रूपमा सांस्कृतिक आन्दोलन पनि सञ्चालन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले सम्पूर्ण न्यायपूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.