• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

भ्रष्टाचारबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘एउटा एयरपोर्ट बनाउँदा दश अर्ब लुड्याउनी ?’ (भिडियोसहित)


  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशमा बढ्दो भ्रष्टाचारबारे व्यङ्ग्य गर्दै भन्नुभएको छ– ‘एउटा एयरपोर्ट बनाउँदा दश अर्ब लुड्याउनी ?’

    Advertisement

    २०८२ वैशाख १४ गते आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो व्यङ्ग्य गर्नुभएको हो ।

    ‘देश अहिले भ्रष्टाचारको चरमचुलीमा पुगेको छ’ उहाँले भन्नुभयो– ‘एउटा एयरपोर्ट बनाउँदा दश अर्ब लुड्याउनी ?’
    उहाँले यस्तो भ्रष्टाचार देशभित्रैकाले गरेको स्पष्ट पार्नुभयो ।

    ‘भनेपछि त्यो बाहिरकाले खाएको छ ? विदेशकाले खाएको छ ?’ उहाँले प्र्रश्न गर्नुभयो ।

    देशमा भ्रष्टाचार चरमचुलीमा पुगेको, शिक्षकको समस्या त्यस्तै रहेको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष केसीले यिनै कारणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालो बादल मडारिएको बताउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले हिँजो लोकतन्त्र, गणतन्त्रका लागि लडेकाहरूले पुराना दुःखकष्ट बिर्सेर विशुद्ध सत्ता र शक्तिको दुरुपयोग गरेको दाबीसमेत गर्नुभयो ।

    उहाँले भ्र्रष्टाचार मच्याउने गैरजिम्मेवार प्रवृत्तिबाट सत्ताधारीहरू बच्नुपर्ने बताउनुभयो ।

    ‘विगतका गल्तीकमचोरीबारे जनतासित माफी मागेर नयाँ बाटो हिँड्नुपर्छ’ उहाँले सत्ताधारी पार्टीको सम्बन्धमा भन्नुभयो ।

    अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘हेर्दाहेर्दै गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षता समाप्त भयो भने त्यसलाई प्राप्त गर्न कैयौँ समयसम्म नेपाली जनताले कुर्बानी गर्नुपर्नेछ । त्यसैले यसबारे सजग होऔँ ।’

    राजा नाम मात्रका हुँदैनन्

    मन्तव्यको क्रममा राजनीतिक वृत्तमा केही नगर्ने नाम मात्रका मानार्थ राजतन्त्रको चर्चा चलेकोमा त्यसको उहाँले खण्डन गर्नुभयो ।

    ‘मोहन शमशेरले त्रिभुवनलाई दिल्लीबाट फर्काएर ल्याउँदा नाम मात्रको राष्ट्रप्रमुख बन्छु भनेको होइन रु’ उहाँले भन्नुभयो– ‘पछि मोहन शमशेरले प्रयोग गरेको सत्ता त्रिभुवनले प्रयोग गरे कि आन्दोलनकारीले ?’

    २०१७ सालमा तत्कालीन राजा महेन्द्रले गरेको राजनीतिक कूको स्मरण गर्दै उहाँले त्यसपछिका तिस वर्षसम्म नेपाली जनताले व्यहोर्नुपरेको कालरात्रीबारे मन्तव्य उल्लेख गर्नुभयो ।

    नारायणहिटी हत्याकाण्डपछि ज्ञानेन्द्र पनि नाम मात्रको राष्ट्रप्रमुख बन्न नसकेको स्पष्ट पार्दै उहाँले २०५९ सालको कदम विरुद्ध २०६२–६३ सालको आन्दोलन चलेको र त्यो आन्दोलनले राजतन्त्र समाप्त पारेको इतिहास उहाँले स्मरण गर्नुभयो ।

    गणतन्त्रवादीहरू मिल्नुपर्दछ

    मन्तव्यको क्रममा उहाँले आफ्ना कमीकमजोरी सच्याउँदै गणतन्त्रवादीहरू मिल्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

    ‘लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि जुन खालको कालो बादल मडारिरहेको छ’ उहाँले भन्नुभयो– ‘त्यसका बारेमा सबै राजनीतिक पार्टीहरू, खासगरी गणतन्त्रवादी, लोकतन्त्रवादीहरू सचेत हुनपर्दछ ।’

    यतिखेर सत्ताधारीले घुस खाने, राष्ट्रघात गरेकाले त्यसमाथि टेकेर प्रतिगामीले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता चाहिन्न, राजतन्त्र आएपछि देश स्वर्ग हुन्छ भनेर झुटको खेती भइरहेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘यस खालको झुटको खेतीबारे नेपाली जनता सचेत हुनुपर्दछ ।’

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.