काठमाडौँ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको आठौँ तह (४८ हजार मासिक रुपैयाँ) को निर्वाह भत्ता माग गर्दै आवासीय चिकित्सकले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
Advertisement
नेपाल चिकित्सक संघको आह्वानमा निजी तथा सरकारी मेडिकल कलेज प्रतिष्ठानका आवासीय चिकित्सकहरू सडकमा आएका हुन् ।
उनीहरूले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
चिकित्सक संघले आन्दोलनमा सहभागी चिकित्सकहरुलाई धन्यवाद दिँदै भोलि (आइतबार) पनि माइतीघर मण्डलामा आएर प्रदर्शन गर्न समेत आग्रह गरेको छ। त्यस्तै उपत्यका बाहिरका चिकित्सकहरूलाई आआफ्नो जिल्ला प्रशासन कार्यालयअगाडि उपस्थित भएर धर्ना दिन आग्रह गरेको छ।
निजी मेडिकल कलेज सञ्चालकहरुले भने आठौँ तहको निर्वाह भत्ता आवासीय चिकित्सकलाई दिन नसकिने अडान लिइरहेका छन्।