काठमाडौँ । अन्तर्राष्ट्रिय महिला गोष्ठी २०८१ मङ्सिर १० देखि १२ गते काठमाडौँमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय महिला सङ्घकी एसिया कोअर्डिनेटर दुर्गा पौडेलले २०८१ चैत १८ गते प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिनुभएको हो ।
द्वितीय अन्तर्राष्ट्रिय सम्मेलन पनि नेपालमै भएको स्मरण गराउँदै वक्तव्यमा सो गोष्ठी सफल पार्न सबै महिला सङ्गठन र महिलासमेतसित अपिल गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“तपाईंहरूलाई यो बताउँदा हामीलाई धेरै खुसी लागेको छ कि अन्तर्राष्ट्रिय महिला सङ्गठनले आगामी २०८२ साल मङ्सिर १० गतेदेखि १२ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय महिला विचारगोष्ठी गर्ने भएको छ । तपाईंहरूलाई थाहा भएकै कुरा हो कि द्वितीय अन्तर्राष्ट्रिय सम्मेलन पनि काठमाडौँमा नै भएको थियो । त्यही सिलसिलामा अब काठमाडौँमा अन्तर्राष्ट्रिय महिला विचारगोष्ठी निर्धारित समयमा सम्पन्न हुनेछ ।
हामीलाई विश्वास छ, त्यो विचारगोष्ठीमा संसारका धेरै देशबाट महिला भाग लिन आउनेछन् । नेपालका विभिन्न महिला सङ्गठनको सहयोगमा त्यो विचारगोष्ठी भव्य रूपले सम्पन्न हुनेछ भन्ने हामीले आशा गरेका छौँ । त्यो विचारगोष्ठीमा भाग लिन र त्यसलाई सफल पार्न हामीले नेपालका सबै महिला सङ्गठन र महिला समेतसित अपिल गर्दछौँ ।”