• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

१० खेलाडीमा सीमित बुटवलले झापालाई रोक्यो


  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । १० खेलाडीमा सीमित बुटवल लुम्बिनी एफसीलाई हराउँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गर्ने अवसर गुमाएको छ।

    Advertisement

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झापाले आइतबार बुटवलसँग गोलरहित बराबरीमा खेल्दै अंक बाँडेको हो। कप्तान इरिक बिष्टले रातो कार्ड बेहोरेपछि बुटवल अन्तिम २० मिनेट १० खेलाडीमा सीमित भएको थियो। तर, झापाले त्यसको फाइदा लिन सकेन। एक खेलाडी कम भए पनि बुटवलले महŒवपूर्ण एक अंक प्राप्त गर्यो। गत सिजनको भेटमा झापाले बुटवललाई हराएको थियो।

    यस सिजन भने झापाले त्यो लय जारी राख्न सकेन। यद्यपि, झापाले खेल अवधिभर दबाब राखे पनि बुटवलको डिफेन्स तोड्न भने असफल भयो। यससँगै यस सिजनको पहिलो दुई खेलमा नै बराबरीको नतिजा निस्कियो। पहिलो खेलमा ललितपुर सिटी र काठमाडौँ रेजर्सले २–२ को बराबरीमा सकिएको थियो।

    खेलको आठौँ मिनेटमा झापाले पहिलो आक्रमण बन्यो। तर, बुटवलका गोलकिपर दीप कार्कीले अलहाजी गेरोको गोल गर्ने प्रयास असफल बनाए। रितिक खड्काको थ्रु बललाई अलहाजीले १२ यार्डबाट गरेको सशक्त प्रहार दीपले असफल बनाए। फेरि, झापाले १३औँ मिनेटमा गरेको अर्को उत्कृष्ट अवसरलाई पनि दीपले नै पन्च गर्दै असफल पारे। इसाइभ मुखामदले पेनाल्टीबक्स बाहिरबाट गरेको उत्कृष्ट लेफ्ट फुटेट सटलाई दीपले पन्च गर्दै बाहिर पठाइदिए। झापाले एकपछि अर्को आक्रामण बुनेपछि लुम्बिनीका गोलकिपर दीप निकै ब्यस्त रहे। उनले २३औं मिनेटमा झापाका इरसिक लाजारको लामो दूरीबाट गरेको सशक्त प्रहार पनि सफल हुन दिएनन्।

    ३१औँ मिनेटमा बुटवलले फ्रिकिकमार्फत आक्रामण बुन्यो। तर, इजेकिइल तामाराले करिब २५ यार्डबाट गरेको फ्रिकिक पोस्टभन्दा माथिबाट बाहिरिन पुग्यो। ३६औँ मिनेटमा रितिकको नजिकै दूरीबाट गरेको सट पनि असफल हुँदा झापा अग्रता लिनबाट चुक्यो। त्यसको दुई मिनेटपछि बुटवलको गोल गर्ने सुन्दर अवसर सदुपयोग हुन सकेन। मध्यभागबाट प्रदीप लामाको लामो पास नियन्त्रणमा लिँदै फिलिप एडजाहले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार झापाका गोलकिपर नेमान्जा लेमाजिचले मुस्किलले रोके। नेमान्जाले बल फुत्काए पनि झापाका लागि चुनौती भने भएन।

    पहिलो हाफको थप समयमा पनि झापाको फ्रिकिक सफल भएन र गोलरहित बराबरी भयो। दोस्रो हाफमा दुवै तर्फबाट खासै राम्रो खेल हुन सकेन। ७०औँ मिनेटमा कप्तान एरिक बिष्टले रातो कार्ड सामना गरेपछि बुटवल १० खेलाडीमा सीमित भयो। एरिकले झापाका इसाइभलाई लडाएपछि दोस्रो पहेँलो कार्ड सामना गरेका हुन्। ८९औँ मिनेटमा इसाइभले हेड गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। त्यसपछि केही आक्रमण बुने पनि गोल भएन र खेल गोलरहित बराबरीमा नै सकियो। उद्घाटन खेलमा पनि ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सले २–२ को बराबरी खेलेका थिए।

    आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.