काठमाडौँ । ललितपुरस्थित नेसनल ल क्याम्पसमा आठौँ सेमेस्टरबाट समष्टि बुढाको उम्मेदवारी परेको छ ।
Advertisement
आगामी २०८१ चैत १२ गते हुन लागेको विद्यार्थी कल्याण परिषद् (स्टुडेन्ट्स वेलफेयर काउन्सिल) को चुनावमा बुढाको उम्मेदवारी परेको हो ।
१५ सदस्यीय परिषद्मा उहाँले नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा डेमोक्रेटिक ल स्टुडेन्ट्स प्यानलबाट उम्मेदवारी दिएको जानकारी दिनुभयो ।
सो प्यानलबाट क्याम्पस सभापतिमा हृदयजङ्ग शाहीको उम्मेदवारी परेको छ ।
हाल चुनावमा पहिलो, दोस्रो, चौथो, छैटौँ र आठौँ सेमेस्टरका छ सय ७० विद्यार्थी मतदाता रहेका छन् ।
परिषद्को कार्यकाल एक वर्ष रहने गरेको छ ।
सभापति पदका उम्मेदवार शाही र सदस्य पदका उम्मेदवार बुढा दुवै आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । सो सेमेस्टरमा मात्रै एक सय पन्ध्र विद्यार्थी मतदाता रहेका छन् ।