पोखरा । अखिल (छैठौं) का अध्यक्ष उम्मेदवार मिलन सुनारको नाम अगाडि चिन्ह लगाउने ठाउँ नराखेर मतपत्र बाँडिएको पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनाव रोकिएको छ ।
९ हजार २ सय ७० मतदाता भएको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समितिको लापरवाहीका कारण चुनाव रोकिएको हो ।
समानुपातिक निर्वाचन प्रणालीमा अखिल ९छैठौं० का अध्यक्षको नाम रहेको तर मतदानको लागि कोष्ट नभएको भन्दै सो संगठनले आपत्ति जनाएपछि बिहान ८ बजेबाट सुरु हुने भनिएको चुनाव रोकिएको थियो।
मिलनको उम्मेदवारीप्रति निर्वाचन समितिको बैठकमा नै जातीय रुपले अभद्र टिप्पणी गरिएको र समानुपातिक मतपत्रमा पनि कोष्ट नराखिएको भन्दै सो संगठनले आपत्ति जनाएको थियो ।
निर्वाचन अधिकृत प्राडा। रामचन्द्र पोखरेलले आज रोकिएको चुनाव भोलि हुने जानकारी दिएका छन् ।
पृथ्वीनारायण क्याम्पसको स्ववियुको २२ औं अध्यक्ष बन्न अखिल ९छैठौं०का मिलनसहित ८ जना मैदानमा छन् ।
