हेटौँडा । मकवानपुरको पालुङ क्याम्पसमा अखिल (छैठौं) को तर्फबाट सचिव पदमा समीक्षा विष्ट उम्मेदवार हुनुभएको छ ।
Advertisement
अखिल (क्रान्तिकारी) सँग संयुक्त प्यानल रहेको उक्त समूहमा अखिल (छैठौं) को तर्फबाट कोषाध्यक्ष पदमा स्वस्तिका सुवेदी उम्मेदवार रहनुभएको छ ।
त्यस्तै, समानुपातिक सदस्यमा पवित्रा सुनुवार उम्मेदवार हुनुहुन्छ ।
प्यानलको सभापतिमा क्रान्तिकारीको तर्फबाट रुबिना खत्री उम्मेदवार रहनुभएको छ भने सदस्यमा पूजा गोपाली, स्वेच्छा गोपालीलगायत हुनुहुन्छ ।
उक्त प्यानलले क्याम्पसको शैक्षिक वातावरणमा सुधार गर्ने र विद्यार्थीको सही नेतृत्व गर्ने भएकाले आफ्नो प्यानलको जित सुनिश्चित भएको समीक्षा विष्टले जानकारी दिनुभयो ।

