काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको फेरिल्यान्ड इन्टरनेसनल स्कुलले विद्यालयस्तरीय तेक्वान्दो च्याम्पियसिप प्रतियोगितामा रजत पदक विजेता छात्रा शोभा राईलाई सम्मान गरेको छ ।
आइतबार विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारी, शिक्षक राम गौतम, विनोद अधिकारीलगायतले उनलाई सम्मान गर्नुभएको थियो ।
त्यसक्रममा प्रिन्सिपल अधिकारीले राष्ट्रब्यापी प्रतियोगितामा फेरिल्यान्ड स्कुलले दोस्रो स्थान प्राप्त गर्नु विद्यालय परिवारका लागि गर्वको विषय भएको बताउनुभयो ।

कार्यक्रममा अन्य शिक्षक तथा विद्यार्थीहरूले रजत विजेता शोभालाई हौसला प्रदान गरेका थिए ।
नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोस्थित संघको खेल मैदानमा हालै सम्पन्न ‘विद्यालयस्तरीय तेक्वान्दो च्याम्पियसिप–२०८१’ मा कक्षा ८ की छात्रा शोभाले १४ वर्ष उमेर समूहमा दोस्रो स्थान प्राप्त गरेकी थिइन् ।
प्रतियोगितामा देशभरका सामूदायिक तथा संस्थागत विद्यालयका गरी करिब १२ सय प्रतियोगी सहभागी रहेका विद्यालयका खेल प्रशिक्षक दीपक दुलालले जानकारी दिनुभयो ।
