• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गगन थापाको अभिव्यक्ति बिपीको असफल राजनीति र अमेरिकापरस्त नीतिको परिणाम : राजमो


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्युठानमा दिएको अभिव्यक्तिलाई विशेश्वरप्रसाद कोइराला र अमेरिकापरस्त नीतिको परिणाम भएको किटानी गरेको छ ।

    Advertisement

    केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ फागुन १५ गते बिहीबार जारी प्रेसवक्तव्यमा राजमोले सो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा बिपीको कम्युनिस्टसँग कार्यगत एकता नगर्ने नीति गणेशमान, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले अपनाएको भए देशमा अझै पनि निरङ्कुश राजतन्त्र रहिरहने धारणा व्यक्त गरिएको छ ।

    त्यस्तै, अमेरिकाको कम्युनिस्टप्रतिको नीतिको अनुसरण गर्दै गगनसहितको काङ्ग्रेसको प्रतिपक्षले यस्तो नीति अपनाएको धारणा पनि वक्तव्यमा उल्लेख छ ।

    चितवनमा काङ्ग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेको वा काठमाडौँमा आफ्ना विरुद्ध रास्वपाको उम्मेदवारी फिर्ता गर्न लगाएको विषयमा थापाले माफी माग्लान् भन्दै राजमोले वक्तव्यमा प्रश्न उठाएको छ ।

    प्रेसवक्तव्यमा राजमोले हिँजो निरङ्कुश राजतन्त्र र २०७९ सालको चुनावमा ओलीको असंवैधानिक नीतिको विरुद्ध काङ्ग्रेस समेतसितको तालमेल सही भएको अडान लिइएको छ ।

    केही दिनअघि प्युठानमा काङ्ग्रेस नेता थापाले राजमोसित चुनावी तालमेल गर्नु गल्ती भएकोसम्बन्धी अभिव्यक्तिको सन्दर्भमा राजमोले प्रस्तुत वक्तव्यमा चर्चा गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले हालै प्युठानको एउटा आमसभामा दुईओटा कुरा बताएका छन् : प्रथम– प्युठानमा गिलासमा भोट हाल्नु हाम्रो गल्ती थियो; द्वितीय– पा“चदलीय गठबन्धन बनाउनु गल्ती थियो । ती दुवै कुराका लागि उनले माफी मागेका छन् ।
    पा“चदलीय गठबन्धनको बेलामा भएको उनीहरूको केन्द्रीय समितिको बैठकमा नेकाको प्रतिपक्ष समूहले आफ्नो केन्द्रीय कमिटीमा नै चुनावमा गठबन्धन र तालमेलको नीतिलाई विरोध गरेको थियो र बहुमतले गठबन्धनको पक्षमा निर्णय गरेको थियो । त्यो बेला नेकाभित्रको प्रतिपक्षले आफ्नै पार्टीको स्वीकृत नीति तथा त्यो बेला भएको चुनावी तालमेलसमेतको विरोध गरेर प्युठानमा चुनावी तालमेल भएका राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समेत हराउने नीति अपनाएका थिए । वास्तविकता यो हो कि उनीहरूले त्यो बेला कैयौँ इमानदार काङ्ग्रेसका कार्यकर्ताले आफ्नो पार्टीको निर्देशनअनुसार गिलासमा नै भोट हालेका थिए तर नेकाभित्रको प्रतिपक्षले गिलासमा होइन, एमालेको उम्मेदवारलाई नै भोट हालेको आम रूपमा थाहा भएको कुरा हो । त्यसरी अहिले उनले गिलासमा भोट हालेको भनेर त्यसका लागि माफी माग्ने जुन कुरा गरेका छन्, त्यो बनावटी भएको कुरा स्पष्ट छ ।

    नेकाभित्र बिपीले कम्युनिस्टसित गठबन्धन गर्ने नीतिको विरोध गर्दै आएका थिए । यदि बिपीको त्यो नीति कायम भएको भए २०४६ सालमा वामपन्थी र नेकाको गठबन्धन भएर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समाप्त गर्नु सम्भव हुने थिएन । उनले वामपन्थीको सट्टा राजासित नै मेलमिलापको नीति अपनाएका थिए तर पछि गणेशमान सिंहले वामपन्थीसित गठबन्धन गर्ने नीति अपनाएर र निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भयो ।

    राजा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश शासन कायम गरेका थिए । त्यसका विरुद्ध वामपन्थी र गिरिजाको नेतृत्वको नेपाली काङ्ग्रेस र मधेसवादीसमेतको गठबन्धन बनेको थियो । त्यसको परिणामस्वरूप ज्ञानेन्द्रको निरङ्कुश शासनका साथै राजतन्त्रसमेतको अन्त्य भयो र देशमा गणतन्त्र र धर्मनिरपेक्षता कायम भयो ।

    ओलीले दुई दुईपल्ट संसद्लाई विघटन गरेर देशलाई प्रतिगमनको दिशामा लैजान प्रयत्न गरेको बेलामा शेरबहादुरको नेतृत्वको नेपाली काङ्ग्रेस, वामपन्थी र मधेसवादीसमेतको संयुक्त आन्दोलनको परिणामस्वरूप देशलाई प्रतिगमनको दिशामा लैजाने ओलीको प्रयत्न असफल भएको थियो ।

    यसरी स्पष्ट छ, नेपालको राजनीतिक इतिहासमा बिपी कोइरालाबाहेक गणेशमान, गिरिजाप्रसाद कोइराला र शेरबहादुरसमेतले वामपन्थी समेतसित गठबन्धन गर्ने जुन नीति अपनाउ“दै आएका छन्, त्यसको नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण ऐतिहासिक उपलब्धि हुने गरेका छन् तर त्यस प्रकारको गठबन्धन विरोधको नीतिद्वारा प्रतिगमनलाई नै बारम्बार फाइदा पुग्ने गरेको छ । त्यसरी उनीहरूले सधै“ त्यस प्रकारको गठबन्धनको विरोध गर्दै आएका छन् ।

    अहिले नेकाभित्र राजाको पुनर्स्थापनाको पक्ष र धर्मनिरपेक्षताका विरुद्धको जनमत निकै नै बढेर गएको छ । त्यसको परिणाम यो भएको छ कि देशमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको हुनाले गिरिजाप्रसाद कोइरालाको निकै विरोध गर्ने गरेका छन् तर यो कुरालाई अस्वीकार गर्न सकिन्न कि नेकाभित्र अहिले पनि गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा प्रबल मत रहेको छ । त्यसरी स्पष्ट छ, नेपालको इतिहासमा वामपन्थी र नेकासमेतको गठबन्धनबाट बारम्बार प्रतिगमनलाई नै धक्का पुग्ने गरेको छ ।

    बिपीले कम्युनिस्टसित कुनै गठबन्धन नगर्ने जुन नीति अपनाउ“दै आएका थिए, नेकाले त्यो नीतिलाई नै निरन्तरता दिने गरेको भए त्यसबाट प्रतिगमनलाई नै बल पुग्ने कुरा निश्चित थियो तर गणेशमान, गिरिजाप्रसाद कोइराला वा शेरबहादुरहरूले वामपन्थी समेतसित गठबन्धन गर्ने जुन नीति अपनाए, त्यसबाट देशको राजनीतिलाई अग्रगमनको दिशामा लैजान धेरै नै मदत पुगेको छ तर अहिले बिपी कोइरालाका उत्तराधिकारीले, जसले नेकाभित्र प्रतिपक्षको नेतृत्व गर्दछन्, समेतले बिपी कोइरालाको इतिहासले गलत साबित गरेको नीतिलाई नै अनुकरण गर्ने प्रयत्न गरिरहेका छन् । प्युठानमा गगन थापाले प्रकट गरेको अभिव्यक्ति पनि त्यही इतिहासले गलत साबित गरेको विचारलाई नै प्रतिनिधित्व गर्दछ ।

    त्यस सन्दर्भमा एउटा अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । अमेरिकी साम्राज्यवादले विश्वव्यापी रूपमा नै कम्युनिस्ट विरोधी नीतिमा जोड दिन्छ । नेपालका अमेरिकापरस्त तत्त्वले पनि त्यस प्रकारको अमेरिकापरस्त नीतिलाई अनुकरण गरेर कम्युनिस्टसित कुनै पनि गठबन्धन नगर्न जोड दिँदै आएका छन् । सायद त्यो असरले पनि गगन थापाले त्यस प्रकारको विचार प्रकट गरेका हुन सक्दछन् ।
    उनले प्युठानमा गिलासको पक्षमा भोट हालेको वा पाँचदलीय गठबन्धनको विरोध गरेका छन् तर चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई नै भोट हाल्न लगाएर आफ्नै पार्टीका उम्मेदवारलाई हराएको विषयमा उनले माफी माग्दछन् ? त्यसरी चितवनमा अमेरिकापरस्त स्वतन्त्र पार्टीलाई भोट हाल्न लगाएर काठमाडौँ मा उनको विरुद्ध आफ्नो गगन थापा विरुद्धको उम्मेदवारलाई फिर्ता गर्न लगाएको उदाहरण पनि हाम्राअगाडि छ । त्यसरी उनले पा“चदलीय गठबन्धनको विरोध गर्ने बेलामा चितवन र काठमाडौँ मा चुनावको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीसित गठबन्धन गरेको कुराका लागि पनि माफी माग्छन् वा माग्दैनन् ?

    जहाँसम्म राष्ट्रिय जनमोर्चाको प्रश्न छ, हामीले पाँचदलीय गठबन्धन गरेको कुरालाई र नेकासित समेत चुनावी तालमेल गरेको, पाँचदलीय गठबन्धन गरेको वा पाँच दलभित्र भएको समझदारीअनुसार कतिपय चुनावी क्षेत्रमा नेकासमेतका उम्मेदवारसमेतलाई भोट दिएको कुरालाई गलत मान्दैनौँ । त्यो बेला ओलीको प्रतिगामी नीतिका कारणले देशमा प्रतिगमनको गम्भीर खतरा थियो । त्यो अवस्थामा पाँचदलीय गठबन्धनले ओलीको प्रतिगमनलाई रोक्नका लागि महत्त्वपूर्ण र ऐतिहासिक योगदान दिएको थियो । त्यसैले त्यो पाँचदलीय गठबन्धन बनाउनु वा त्यो गठबन्धनमा चुनावी तालमेल भएका अन्य पक्षका उम्मेदवारलाई भोट दिनु पनि गलत थिए । त्यस प्रकारको नीतिले हाम्रो पार्टीको इमानदारितालाई नै बताउ“थ्यो । त्यो बेलाको नेका समेतसितको हाम्रो गठबन्धन २०४६ साल, २०६२–६३ साल र ओलीका विरुद्धको गठबन्धनसमेतको ऐतिहासिक परम्पराअनुरूप नै थियो र त्यसकारण त्यो सही थियो ।

    हाम्रो पार्टीले देशको राजनीतिक आवश्यकताअनुसार विभिन्न अवस्थामा विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिसित पनि कार्यगत एकता वा गठबन्धन गर्दै आएको छ । भविष्यमा पनि देशको राजनीतिक आवश्यकताअनुसार त्यस प्रकारको गठबन्धन वा कार्यगत एकता गर्ने हाम्रो नीति कायम रहनेछ ।”

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.