• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

स्वकीय सचिवको मृत्युबारे सहकारी मन्त्रीमाथि छानबिन गर्न माग, विपक्षीले मागे राजीनामा


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • हेटौँडा । बागमती प्रदेशका विपक्षी दलहरूले प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको राजीनामा मागेका छन् ।
    स्वकीय सचिव रवि थापाको निधनबारे निष्पक्ष छानबिनका लागि भन्दैविपक्षी दलहरूले मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

    Advertisement

    विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिनका लागि मन्त्री श्रेष्ठले राजीना दिनुपर्ने र संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग गरेका छन् ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको उल्लेख गरिए पनि ‘सुसाइड नोट’ र अडिओ रेकर्डमा मन्त्रीश्रेष्ठसहित अन्य केही व्यक्तिको नाम रहेकाले तिनलाई पनि छानबिनको दायरामा ल्याउन उनीहरूले माग गरेका छन्।

    विज्ञप्तीमा भनिएको छ, ‘मृतक रवि थापाको अकल्पनीय मृत्युपछि प्रहरीले फेला पारेको सुसाइड नोट भनिएको पत्र तथा सहकारीसम्बन्धी मृतक रविको बाहिरिएको अडिओ रेकर्डमा मन्त्री मदुकुमार श्रेष्ठलगायत नेताहरूको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आशयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको छ। हामी यस घटनाको निष्पक्ष छानबिनका लागि सहज वातावरण निर्माण गर्न मा. मन्त्री मदुकुमार श्रेष्ठको राजीनामा माग गर्दछौँ।’

    विज्ञप्तिमा नेकपा एकीकृत समाजवादीका सांसद वसन्त प्रसाद मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक कुमारी तामाङ र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले हस्ताक्षरमा गरेका छन्।

    छानबिन प्रक्रिया स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनीहरूको जिकिर छ।

    प्रदेशसभाका तीन विपक्षी दलले यस घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै सबै कोणबाट घटना छानबिन हुन जरुरी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

    ‘यस घटनाको प्रदेश स्तरमा संसदीय छानबिन समिति बनाई वास्तविकता बाहिर ल्याउनु पर्दछ। त्यसैले हामी प्रदेशसभाको बैठक अविलम्ब सञ्चालन गरी रवि थापा मृत्युसम्बन्धी सर्वदलीय संसदीय छानबिन समिति निर्माण गर्नका लागि प्रदेशसभाको बैठक तत्काल सुचारु गरी छानबिन समिति गठन गर्न माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

    धादिङको धुनिबेँसी नगरपालिका–९, निवासी सहकारी मन्त्रीका स्वकीय सचिव ३६ वर्षीय रवि थापा विष पिएको अवस्थामा मृत भेटिएका थिए। उनको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो।

    सहकारी गिरोहले आफूलाई मर्न बाध्य बनाएको उल्लेख गरिएको सुसाइड नोट उनको साथमा फेला परेको प्रहरीले जनाएको छ।

    ललितपुरमा रहेको सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिडेटका पूर्वसचिव विनोद आचार्यसँग कुरा गरेको अडिओ बाहिरिएपछि आफू ज्यान फाल्न बाध्य भएको कुरा सुसाइड नोटमा लेखिएको छ।

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.