• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लकडाउनको मौका छोपी भारतले सिमानामा बाँध बाँध्नु आपत्तिजनकः केसी


  •   मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लकडाउनको समयमा भारतले सीमा क्षेत्रमा बाँध बाँध्ने र उचाइ थप्ने काम गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

    Advertisement

    मंगलबार वक्तव्य प्रकाशित गरी केसीले नेपाल र भारतको स्थानीय प्रशासनबीच भएका सहमति उल्लंघन गरी भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिका लगायत भारत र नेपालका सीमाको दशगजा क्षेत्रमा बाँध बाँधिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    अध्यक्ष केसीले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै दिर्घकालिन रुपमा उनीहरुको रोजगारीको समस्या समाधानमा ध्यान दिन पनि आग्रह गर्नुभएको छ ।

    यस्तै, केसीले नेपालले अतिक्रमित भूभाग समेटेर जारी गरेको नयाँ नक्सा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन र भूमि फिर्ताको कूटनीतिक पहल गर्न पनि माग गर्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाका लागि हाम्रो पार्टीले गम्भीर क्षोभ प्रकट गर्दछ । अन्तरजातीय विवाह गर्न पाउने स्वतन्त्रतालाई संविधान र कानुनले नै दिएको अवस्थामा आजको युगमा जातीय भेदभावका आधारमा विवाह वा प्रेम स्वतन्त्रताबाट बञ्चित गर्दै हत्या समेतका घटनाहरु घटाउनु संविधान, कानुन र मानव अधिकारका दृष्टिले समेत जघन्य अपराध हो । हामीले त्यो दुःखद घटनाका लागि जिम्मेवारहरुको कडा शब्दमा भ्रत्र्सना गर्दै उक्त घटनाको उचित छानवीन गरी दोषीहरुलाई कारवाहीका दायरामा ल्याएर दण्डित गर्नका लागि सरकारसित माग गर्दछौँ ।

    सोमबार प्रधानमन्त्रीको सम्बोधनमा कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने र विदेशबाट फर्किएका तथा नेपालमै रोजगारविहीन रहेकाहरुलाई रोजगारी दिइने, त्यसका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालीमको व्यवस्था सरकारले गर्ने, जनसहभागिता र प्रविधि सहितको श्रममूलक विकास निर्माणका कार्यहरु स्थानीय तहमा सञ्चालन गरिने छ भन्ने कुरा समावेश भएकोमा हामीले त्यसलाई सकारात्मक मान्दछौँ र कार्यान्वयनको लागि जोड दिन चाहन्छौँ ।

    आफ्ना नागरिकहरुलाई सरकारले आफ्नो देशमा ल्याएर उनीहरुको स्वास्थ्य र रोजगारको आवश्यक व्यवस्था गर्नु आवश्यक हुन्छ र गर्नु पनि पर्दछ ।

    विश्वमा बिभिन्न मुलुकमा रहेका नेपालीहरुलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार व्यवहार गरी उनीहरुको स्वास्थ्य जाँच र उपचार सम्बन्धित देशहरुमा नै गरिनुपर्दछ भन्ने कुरामा हामी पुनः जोड दिन्छौं । त्यसका लागि आवश्यक व्यवस्था मिलाउनका लागि हामी नेपाल सरकारको पुनः ध्यान आकर्षित गर्दछौं ।

    भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिका लगायत भारत र नेपालका सीमाको दशगजा क्षेत्रका बिभिन्न बाँधहरुमा बाँधको उचाइ थप्ने काम लगातार गर्दै आएको छ । यसले नेपाली भूमिलाई डुबानमा पार्ने छ र नेपालतर्फका कैयौँ वस्तीहरु जोखिममा पर्ने छन् । भारतीय पक्षको उक्त कार्यको नेपालका स्थानीय जनताबाट विरोध भइरहेको छ ।

    भारत र नेपालका स्थानीय प्रशासनका बीचमा बाँधमा कुनैै पनि गतिविधि नगर्ने र वाँध निर्माणका कार्य तत्काल रोक्ने भनी लिखित र मौखिक रुपमा भएका सहमतिलाई भारतीय पक्षले पटकपटक उलङ्घन पनि गर्दै आएको समाचार सार्वजनिक भएका छन् । यसप्रकारको स्थितिमा हामी नेपाल सरकारलाई उक्त समस्या समाधानका लागि शीघ्र आवश्यक पहल गर्न ध्यान आकर्षित गर्दछौं ।

    सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सा अनुसार नेपाली भूमिमा भएको भारतीय अतिक्रमणलाई रोक्न सरकारले तुरुन्त कदम उठाउनुपर्दछ । अहिले भारतले नेपाली भूमि लिपूलेक हुँदै मानसरोवर जाने सडक बनाएकोप्रति नेपाली जनताबाट त्यसको व्यापक विरोध भइरहेको छ । समस्या समाधानको लागि कुटनीतिक पहलका साथै यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि समेत हामी सरकारलाई जोड गर्न चाहन्छौं ।

    नेपाल सरकारले नेपालको नक्सा अनुसार समेतका लागि संविधान संशोधन गर्ने जुन प्रस्ताव ल्याएको छ, त्यसलाई हाम्रो पार्टीले समर्थन गर्दछ ।’

    मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.