• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

स्ववियु निर्वाचन बिथोल्न गरिएको तालबन्दीप्रति छ विद्यार्थी सङ्गठनको आपत्ति


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन बिथोल्न त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यकक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको भन्दै छ विद्यार्थी सङ्गठनले आपत्ति प्रकट गरेका छन् ।

    Advertisement

    अखिल (छैठौं) सहितका छ विद्यार्थी सङ्गठनले २०८१ फागुन ६ गते मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले आपत्ति प्रकट गरेका हुन् ।

    शिक्षाध्यक्ष प्राडा खड्क केसी र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीको कार्यकक्षमा लगाएको तालाबन्दीप्रति उनीहरूको आपत्ति छ ।

    पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले सोमबारदेखि ताला लगाएका थिए । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा तालाबन्दी गरिएको भन्दै त्रिविका छ विद्यार्थी सङ्गठनले आपत्ति जनाए ।

    विज्ञप्तिमा त्रिवि अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्ट, अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष दिनेश ऐर, त्रिवि अनेरास्ववियुका अध्यक्ष समीर गौतम, अखिल (छैटौँ) त्रिवि इन्चार्ज विवेक जिसी, अखिल (समाजवादी) त्रिवि संयोजक कविन्द्र सी र अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष वीरेन्द्र नेपालीले हस्ताक्षर छ ।

    त्रिविमा प्रत्येक दुई वर्षमा स्ववियु निर्वाचन गराउनु त्रिभुवन विश्वविद्यालयको दायित्व र जिम्मेवारी रहेको उनीहरूको भनाइ छ । विद्यार्थीहरूको वैधानिक तथा साझा संस्था स्ववियुको निर्वाचनको विषयलाई लिएर विद्यार्थीबाट नै निर्वाचित भएका र विद्यार्थी कल्याण परिषद् सदस्य रहेका स्ववियुका केही सभापतिले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    स्ववियु निर्वाचनका गतिविधि बिथोल्ने उद्देश्य राखेर त्रिवि सभामा विद्यार्थीबाट प्रतिनिधित्व गरेका सदस्यले स्ववियु निर्वाचन नगराउने मनसाय राखेर जारी गरेका वक्तव्यसमेतको उनीहरूले आपत्ति जनाएका छन् ।

    विद्यार्थीबाट चुनिएका प्रतिनिधि नै यस किसिमको क्रियाकलापमा उत्रनु, विद्यमान स्ववियुको पदावधि थप्ने र समयमै स्ववियु निर्वाचन नगराउने मनसाय राखेर अनेक षडयन्त्रपूर्वक स्ववियु संस्थालाई प्रतिनिधिविहीन बनाउन लागेको उनीहरूको आरोप छ ।

    त्रिविले स्ववियु निर्वाचनको मिति सार्वजनिक गरिसकेको र स्ववियु निर्वाचनसम्बन्धी कार्यविधि–२०८९ जारी भइसकेको अवस्थामा विश्वविद्यालयले तोकिएकै समयमै स्ववियु निर्वाचन सम्पन्न गराउनु विश्वविद्यालयको प्रमुख दायित्व हुने विज्ञप्तिमा भनिएको छ । यसका लागि विश्वविद्यालयका पदाधिकारीसहित सबै जिम्मेवार निकायको समेत ध्यानाकर्षण गराएका हुन् ।

    स्ववियु निर्वाचन समयमै गराउनु सबै विद्यार्थी सङ्घसङ्गठनको पनि जिम्मेवारी भएकाले यसलाई साझा दायित्व ठानेर स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै सरोकारवाला पक्षलाई आह्वानसमेत गरेका छन् ।

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.