काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट प्रतिष्पर्धी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिकाअुनसार भट्टराईले ७६१ मत प्राप्त गर्दा चापागाईंले ७३ मतमात्रै ल्याएका छन् ।
माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो । महाधिवेशनमा एक हजार तीन सय २४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो ।
उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन् । साथै महिला उपाध्यक्षमा मानुषी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भए ।
त्यसैगरी, महासचिवमा सोनामसिंह स्याङतान, सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश, भरत दाहाल निर्वाचित भए।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण समेत गरेका छन् ।