कञ्चनपुर । कञ्चनपुरको दक्षिणी बेलडाँडी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन भएको छ ।
सोमबार भएको भेलाले समिति निर्माण गरेको हो ।
Advertisement
भगवान दास रानाको संयोजकत्वमा गठन भएको सात सदस्यीय समितिका सदस्यहरूमा सुरेन्द्र चौधरी, मोहनलाल राना, जैयदेव कार्की, राधा दमाई, दासु राना र प्यारु दमाई रहनु भएको छ ।
भेलामा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले समसामयिक विषयमा धारणा राख्नुभएको थियो । यस्तै, जिल्ला सचिव लालबहादुर कुँवरको समेत उपस्थिती रहेको थियो ।
भेलामा संघीयता विरुद्ध राजधानी केन्द्रित आन्दोलनको तयारीबारे छलफल भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।