• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

गाजापट्टीबाट प्यालेस्टाइनीलाई हटाउने अमेरिकी नीतिको मसालद्वारा विरोध


  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले गाजापट्टीबाट प्यालेस्टाइनी जनतालाई हटाउने अमेरिकी नीतिको विरोध गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षर २०८१ माघ २५ गते शुक्रबार जारी प्रेसवक्तव्यमा पार्टीले सो विरोध गरेको हो ।

    इजरायल राष्ट्र पूरै खारेज हुनुपर्दछ भन्ने आफ्नो विचार नरहेको बताउँदै वक्तव्यमा गाजापट्टीबाट प्यालेस्टाइनी जनतालाई हटाउने साम्राज्यवादी नीतिका पछाडि त्यहाँ रहेको खनिजमाथि प्रभुत्व कायम गर्ने अमेरिकी मनसायले काम गरेको मसालले स्पष्ट पारेको छ ।

    गाजायुद्धको सन्दर्भमा हमासको आतङ्ककारी कारबाहीको पनि मसालले विरोध गरेको छ ।

    त्यस्तै, युक्रेनमाथिको हमलामा अमेरिका र नाटो पनि जिम्मेवार रहेको धारणा मसालको छ । यस सन्दर्भमा नेपाल सरकारको रुसलाई एकतर्फी रूपम दोषी ठहऱ्याउने नीतिको पनि पार्टीले विरोध गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “अमेरिकी राष्ट्रपति ट्रम्पले गाजापट्टीबाट प्यालिस्टाइनीलाई निष्काशित गरेर त्यहाँ अमेरिकाको नियन्त्रण कायम गर्ने जुन अभिव्यक्ति दिएका छन्, त्यसप्रति नेकपा (मसाल) ले गम्भीर आपत्ति र विरोध प्रकट गर्दछ ।

    अमेरिकाको समर्थनमा प्यालिस्टाइनीलाई उनीहरूको मातृभूमिबाट निष्काशित गरेर त्यहाँ इजरायली राज्यको स्थापना गरिएको थियो । त्यो बेलादेखि नै इजरायलले खाडीका देशमा अमेरिकी साम्राज्यवादको नाङ्गो प्रकारले समर्थन गर्दै आएको छ र अमेरिकाको समर्थनमा नै त्यो राज्य अहिलेसम्म टिकेको छ । हामीले विकसित परिस्थितिमा इजरायल राष्ट्रको सम्पूर्ण रूपले अन्त्य हुनुपर्दछ भन्ने विचार राख्दैनौँ, त्यसको अस्तित्वलाई पनि स्वीकार गर्दछौँ तर त्यसको अर्थ प्यालेस्टाइनीको स्वतन्त्र र सार्वभौम राष्ट्रको स्थापनालाई पनि समर्थन गर्दछौँ । त्यसको अस्तित्वलाई समाप्त गर्ने कुनै पनि कारबाहीको हामीले सधैँ विरोध गर्दै आएका छौँ र अहिले पनि गर्दछौँ । त्यही क्रममा अमेरिकी साम्राज्यवादले गाजापट्टीबाट प्यालिस्टाइनीलाई सम्पूर्ण रूपले हटाउन जुन योजना अगाडि ल्याएको छ, त्यसको पनि हामीले कडा शब्दमा भ्रत्सना गर्दछौँ ।

    प्यालेस्टाइनीलाई आफ्नो मातृभूमिबाट हटाउने जुन कार्य गरिएको थियो, मानवजातिको इतिहासको नै अत्यन्त गम्भीर प्रकारको क्रुर कारबाही थियो । त्यो बेलादेखि उनीहरू खाडीका विभिन्न देशमा शरणार्थीको रूपमा बस्दै र साढे सात दशकदेखि आफ्नो मातृभूमिको मुक्तिको लागि सङ्घर्ष गर्दै आएका छन् । स्वयम् संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार उनीहरू गाजापट्टीमा बस्दै आएका थिए र उनीहरूको त्यहाँ स्वायत्त सरकार पनि थियो । अब अमेरिकाले उनीहरूलाई त्यहाँबाट पनि हटाएर मिश्र र जोर्डनमा बसोबास गराउने योजना बनाएको छ ।

    गाजापट्टीमा प्यालिस्टाइनीलाई पूरै ध्वस्त गर्नको लागि इजरायलले त्यहाँ भारी बमवर्षा गराएको थियो । गत सालको अक्टोबर ७, २०२३ को हमासको कारबाही अवश्य पनि गलत र आतङ्कवादी प्रकारको थियो । हामीले संसारमा कहीँ पनि निरपराध वा निःशस्त्र जनतामाथि गरिने सशस्त्र कारबाहीको विरोध गर्दै र त्यस्ता कारबाहीलाई आतङ्कवादी घोषणा गर्दै आएका छौँ । त्यस सन्दर्भमा यो पनि आम रूपमा थाहा भएको कुरा हो कि हामीले नेपालमा माओवादी वा सत्तापक्षद्वारा निरपराध वा निःशस्त्र जनतामाथि गरिएका सशस्त्र हमला वा हत्याको विरोध गर्दै आएका छौँ र त्यस प्रकारका अपराधजन्य कारबाहीका लागि जिम्मेवार व्यक्तिबारे निष्पक्ष र उच्च छानबिन गरेर अपराधअनुसार कारबाही गर्नुपर्ने आवश्यकतामा जोड दिंँदै आएका छौँ । हाम्रो त्यही मान्यताअनुसार अक्टोबर ७ को हमासको कारबाहीलाई पनि हामीले गलत मानेका छौँ र त्यसको विरोध गरेका छौँ ।

    अवश्य पनि उनीहरूको त्यस प्रकारको कारबाही इजरायलद्वारा सात दशकभन्दा बढी समयदेखि नै इजरायलले उनीहरूमाथि गर्दै आएका अन्यायपूर्ण आतङ्कवादी कारबाहीको प्रतिशोधमा नै गरिएको थियो । त्यही पनि त्यो गलत नै थियो । त्यही अक्टोबर ७ को कारबाहीलाई बहाना बनाएर इजरायलले गाजापट्टीमा बसोबास गरेका सम्पूर्ण प्यालेस्टाइनीलाई उन्मूलन गर्नको लागि आक्रमण गरेको थियो र त्यो क्रममा पुगनपुग पचास हजार मानिसको हत्या गरिएको थियो, जसमा ठुलो सङ्ख्यामा महिला र बालबालिका पनि थिए । त्यो नरसंहारको लागि अन्तर्राष्ट्रिय अदालतले इजरायलको प्रधानमन्त्री नेतान्याहुलाई मानवताको अपराधी घोषित गरेर त्यसका नाममा पक्राउ पुर्जीसमेत जारी गरेको छ । इजरायल सरकारको त्यो हमलाका कारणले त्यहाँबाट लाखौँ प्यालिस्टाइनी भागेर दक्षिणतिर गएका थिए । हालै भएको युद्धविरामपछि उनीहरू आफ्नो भूमिमा फर्किएर आउन थालेका छन् ।

    इजरायलका प्रधानमन्त्रीसितको भेटघाटपछि ट्रम्पले प्यालिस्टाइनीलाई त्यहाँबाट पूरै विस्थापित गर्ने विचार प्रकट गरेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि उनको त्यस प्रकारको सोचाइ पूरै नै साम्राज्यवादी र फासिस्ट हुनुका साथै त्यो अन्तर्राष्ट्रिय कानुन र स्वयम् संयुक्त राष्ट्र सङ्घको निर्णयको विरुद्ध पनि छ । यो कुराको अनुमान गर्न सकिन्छ कि गाजापट्टीमा धेरै नै खनिज पदार्थ रहेको हुनाले अमेरिकाले त्यहाँ आफ्नो नियन्त्रण कायम गर्ने उद्देश्य बनाएको छ । यो कुरा ठिक त्यस्तै हो, जस्तो कि ग्रिनल्यान्डमा धेरै खनिज पदार्थ भएको हुनाले अमेरिकाले त्यहाँ कब्जा गर्ने घोषणा गरेको छ ।

    ट्रम्पको त्यस प्रकारको सोचाइको अन्तर्राष्ट्रिय स्तरमा नै ठुलो विरोध भइरहेको छ । मिश्र र जोर्डनले आफ्नो देशमा प्यालिस्टाइनीलाई बसोबास गराउने ट्रम्पको घोषणाको विरोध गरेका छन् । अरब देशबाट पनि त्यो सोचाइको ठुलो विरोध भइरहेको छ । संयुक्त राष्ट्र सङ्घले पनि ट्रम्पको त्यो सोचाइको विरोध गरेको छ । युरोपका कतिपय देशका साथै अन्य कतिपय देशबाट पनि त्यो कुराको विरोध भइरहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा नेपाल सरकारले ट्रम्पको त्यस प्रकारको घोषणाप्रति कुन प्रकारको नीति अपनाउँछ ? त्यो चासोको विषय बनेको छ ।

    पहिले संयुक्त राष्ट्र सङ्घमा युक्रेनको युद्धबारे छलफल हुँदा नेपाल सरकारले त्यो युद्धको लागि रुसको नै गल्ती भएको ठहराउने प्रस्तावलाई समर्थन गरेको थियो । निश्चय नै युक्रेनमा आक्रमणको लागि रुस पनि जिम्मेवार छ र त्यसको त्यस प्रकारको साम्राज्यवादी नीतिको भर्त्सना गर्नुपर्दछ तर त्यो युद्धका लागि अमेरिका र नाटो पनि जिम्मेवार छन् । उनीहरूले पहिले सोभियत सङ्घका विरुद्ध मोर्चाबन्दीको लागि नाटो गठन गरेका थिए । त्यो सैनिक गठबन्धन थियो र त्यो सोभियत सङ्घका विरुद्ध नै केन्द्रित थियो । उनीहरूले रुसका विरुद्ध सैनिक मोर्चाबन्दीका लागि नै त्यहाँ जेलेन्स्कीको आफ्नो कठपुतली सरकार बनाएर रुससित सीमा जोडिएको युक्रेनलाई पनि नाटोमा सामेल गराउन खोजेका थिए । त्यही कारणले नै युक्रेनमा युद्धको स्थिति उत्पन्न भएको थियो । त्यसकारण त्यहाँको युद्धका लागि अमेरिका र नाटोसमेत जिम्मेवार छन् र त्यसैले उनीहरूको पनि आलोचना गरिनुपर्दछ तर नेपाल सरकारले एकतर्फी रूपमा रुसको आलोचना गर्ने प्रस्तावलाई समर्थन गरेर अमेरिकापरस्त नीति अपनाएको थियो र त्यसैले हाम्रो पार्टीले सरकारको त्यो नीतिलाई गलत बताएको थियो ।

    पछि संयुक्त राष्ट्रसङ्घमा गाजापट्टीबारे युद्धविरामको प्रस्तावमाथि छलफल गर्दा नेपाल तटस्थ बसेको थियो । त्यो बेला भारत पनि त्यो प्रस्ताव पारित गर्दा तटस्थ बसेको थियो र त्यसैले भारतको अनुकरण गर्दै नेपाल पनि तटस्थ बसेको थियो । निश्चय नै नेपाल सरकारको त्यो नीति भारतपरस्त नीति थियो । अहिले गाजापट्टीबाट प्यालेस्टाइनीलाई हटाएर त्यहाँ अमेरिकाको नियन्त्रण कायम गर्ने ट्रम्पले जुन घोषणा गरेका छन्, त्यसपछि नेपाल सरकारले कुन प्रकारको नीति अपनाउने छ, त्यो पनि गम्भीर चासोको विषय बनेको छ । त्यो प्रश्नमा नेपाल सरकारले अमेरिकाको नीतिको समर्थन गरे पनि वा तटस्थ रहे पनि त्यो अमेरिकापरस्त नीति नै हुनेछ । त्यसकारण हाम्रो जोड यो कुरामा हुनपर्दछ कि ट्रम्पको गाजापट्टीसम्बन्धी त्यस प्रकारको नीतिको कडा विरोध गरिनुपर्दछ ।”

    शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.