• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सङ्घीयताको जननी प्रचण्ड होइनन्, भारत हो : भट्ट (फोटोसहित)


  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सङ्घीयताको जननी पुष्पकमल दाहाल प्रचण्ड नभएर भारत भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    राजमो काठमाडौँको आयोजनामा २०८१ माघ २३ गते बुधबार गोङ्गबुँमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालमा सङ्घीयताको जननी आफू भएको भन्दै दिने गरेको अभिव्यक्तिलाई ठाडै उहाँले खारेज गर्नुभयो ।

    ‘प्रचण्डले भन्दै हिँड्नुभएको छ, नेपालमा सङ्घीयताको जननी म हुँ’ उहाँले भन्नुभयो– ‘त्यो कुरा गलत हो । नेपालमा सङ्घीयताको जननी भारत हो । त्यतिखेर नेपालका लागि भारतीय राजदूत शिवशङ्कर मुखर्जी हुन् ।’

    उहाँले २०६३ सालको अन्तरिम संविधानमा सङ्घीयता सामेल गर्नका लागि भारतले मधेसवादी आन्दोलन प्रायोजित गरेको प्रसङ्ग अगाडि सार्नुभयो ।

    महासचिव भट्टले भन्नुभयो– ‘भारतले हजारौँ भारतीय नागरिकलाई आन्दोलन गर्नका लागि मधेस पठायो । त्यति मात्रै होइन, लैनचौरमा मधेसवादी र नेपालका सत्ताधारीको बैठक बसेपछि सङ्घीयता स्वीकारिएको हो ।’

    उहाँले प्रश्न गर्नुभयो– ‘अब भन्नुस्, नेपालमा सङ्घीयताको जननी प्रचण्ड हुन् कि भारत ?’

    रविले अब प्रभु बैङ्क डुबाउँछन्

    फरक प्रसङ्गमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब प्रभु बैङ्क डुबाउने आशङ्का व्यक्त गर्नुभयो ।

    ‘सहकारी त रविले डुबाए नै, अब प्रभु बैङ्क डुबाउँछन्’ उहाँले भन्नुभयो– ‘पोखराको धरौटी प्रभु बैङ्कले, बुटवलको धरौटी प्रभु बैङ्कले,

    काठमाडौँको धरौटी प्रभु बैङ्कले तिरिदिने कुरा भयो । अब उनले प्रभु बैङ्क डुबाए ।’

    सहकारीका ८१४ ओटा चेक काटेको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘त्यस क्रममा रविले ४८ करोड रुपियाँ रकम डुबाएका छन् ।

    आवाज दबाउन सामाजिक सञ्जाल विधेयक

    सम्बोधनको क्रममा उहाँले जनताको आवाज दबाउन सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘सरकारको चौतर्फी विरोध हुन थालेपछि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको छ ।’

    उहाँले सामाजिक सञ्जाल नहुने हो भने सरकारका भ्रष्ट कामकारबाहीबारे जनतालाई थाहा हुन नसक्ने बताउनुभयो ।

    ‘सामाजिक सञ्जाल नभएको भए जनतालाई सुनतष्करीबारे थाहा हुने थिएन’ उहाँले भन्नुभयो– ‘त्यस्तै नक्कली भुटानी शरणार्थी काण्ड, गिरीबन्धु टी स्टेटबारे पनि जनताले सामाजिक सञ्जालबाटै थाहा पाएका हुन् ।’

    मन्तव्यको क्रममा महासचिव भट्टले काङ्ग्रेस, एमाले र माओवादी एउटै ड्याङका मुला भएको स्पष्ट पार्नुभयो ।

    सभामा नेकपा (मसाल) ३ नम्बर ब्युरोका प्रवक्ता समीर सिंह र अखिल नेपाल महिला सङ्घकी कोषाध्यक्ष ऋतु केसीले पनि मन्तव्य राख्नुभएको थियो।

    राजमो टोखा नगर समितिका अध्यक्ष प्रेम भण्डारीको अध्यक्षतामा अघि बढेको उक्त सभाको सञ्चालन अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार डम्बर कार्कीले गर्नुभएको थियो ।

    बुधबार, माघ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.