काठमाडौं । राष्टिय फुटबल टोलीका सनिस श्रेष्ठ यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मानित भएका छन् ।
Advertisement
आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनको अवसरमा सहारा क्लब पोखराले यो वर्ष श्रेष्ठलाई सम्मान गरेको हो ।
उद्घाटन समारोहको अवसरमा क्लबले सनिशलाई सम्मानसहित ५० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको छ। प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई यो वर्ष सनिसलाई सम्मान गर्ने निर्णय गरेको थियो ।
सहारा क्लबले नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत बर्सेनि एक राष्ट्रियस्तरको फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ ।
यो सम्मानबाट यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भईसकेका छन्।

