पोखरा । कास्कीपोखराको सहिदचोकमा सङ्घीयताको विरोधमा हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
२०८१ माघ २१ गते सोमबार राजमो नेताहरूको सम्बोधनमा कोणसभासँगै सो अभियान सम्पन्न भएको हो ।
हस्ताक्षर अभियानको क्रममा आयोजना गरिएको कोणसभालाई अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार केबी थापा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठा, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, राजमो कास्कीका अध्यक्ष रविमोहन र राजमो नेता डम्बर थापाले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै, अखिल नेपाल बुद्धिजीवी सङ्घ कास्कीका सचिव प्रवीण पौडेल, राजमो स्याङजाका प्रकाश परियार, अखिल नेपाल महिला सङ्घ काकीकी अध्यक्ष जमुना खत्री, उपाध्यक्ष शान्ति गुरुङ, सचिव लक्ष्मी कुँवर, राजमो पोखरा नगर समितिका विष्णु पुरी, महिलानेतृ गौरी भुजेलले पनि कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका महासचिव ढाकाराम पौडेल, अखिल (छैठौं) कास्कीका अध्यक्ष सोमनाथ अधिकारी, जातीय समता समाज कास्कीका प्रेम विकलगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
