• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

पढ्ने मान्छेको ज्ञानको स्तर माथि हुन्छ : सिंह (भिडियो सहित)


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पढ्ने मान्छेको ज्ञानको स्तर नपढ्नेको भन्दा माथि हुने बताउनुभएको छ ।

    Advertisement

    प्रगतिशील पाठक मञ्चद्वारा २०८१ माघ २१ गते सोमबार राष्ट्रिय जनमोर्चा केन्द्र्रीय कार्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    “अध्ययन संस्कृति र क. मोहनविक्रम सिंहको अनुभूति” विषयक परिचर्चा कार्यक्रममा विचार व्यक्त गर्दै उहाँले भन्नुभयो– ॅजसले बढी पढ्छ, उसको ज्ञानको स्तर त्यति नै माथि हुन्छ ।’

    करिब एक घण्टा लामो मन्तव्यको क्रममा उहाँले मानिसको बौद्धिक स्तरको कारणले मानिसको माझमा अन्तर आउने पनि बताउनुभयो ।

    अध्ययन नगर्ने मान्छेका लागि विश्व जगत् सामान्य लाग्ने बताउँदै उहाँले भन्नुभयो– ‘अध्ययन नगर्ने मान्छेले जेसुकै घटनालाई पनि सामान्य रूपमा लिन्छ तर अध्ययनशील मान्छे घटनाको गहिराइमा पुग्दछ ।’

    उहाँले उदाहरणको रूपमा दैलेखको प्राकृतिक ज्वालाको प्रसङ्ग उठाउँदै वैज्ञानिकबाहेक अरूका लागि त्यो ज्वाला सामान्य परिघटनाबाहेक केही नभएको बताउनुभयो ।

    अध्ययनशील व्यक्तिले मानव इन्द्रियले बोध गर्न नसक्ने ज्ञान प्राप्त गरेको बताउँदै उहाँले अध्ययन कहिल्यै पूर्ण नहुने बताउनुभयो ।

    ‘हामीले प्राप्त गरेका अनुभव र ज्ञान सधैँ अपर्याप्त हुन्छ’ उहाँको भनाइ थियो–’हामी सुनेर मात्र बस्ने होइन, गहिरो अध्ययनमा जानुपर्दछ ।’

    महामन्त्री सिंहले मिहिनेत र रुचिमध्ये मिहिनेत नै पहिलो तथ्य भएको उहाँको भनाइ थियो ।

    ‘मिहिनेत र रुचिमध्ये मिहिनेत नै पहिलो हो’ उहाँले भन्नुभयो– ‘मिहिनेत गर्दै गएपछि रुचि बढ्न सक्छ ।’

    उहाँले अध्ययनले मात्रै मानिसको संस्कृतिमा परिवर्तन हुने दाबीसमेत गर्नुभयो ।

    कार्यक्रममा राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी, राजमो महासचिव मनोज भट्ट, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्कर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

    मञ्चका संयोजक समीर सिंहको सञ्चालनमा अघि बढेको कार्यक्रमको विषयवस्तु प्रस्तुत गर्दै स्वागत मन्तव्य मञ्चकै सचिवालय सदस्य घनश्याम न्यौपानेले गर्नुभएको थियो ।

    कार्यक्रममा जगत् वाशिष्ठ र प्राडा श्रीधर गौतमले पूरक टिप्पणी राख्नुभएको थियो ।

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.