काठमाडौं । अखिल नेपाल युवक संघ, बागमती प्रदेशको भेला यही माघ १९ गते हुने भएको छ ।
काठमाडौंको कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा सो भेला राखिएको युवक संघले जनाएको छ ।
भेलाको उद्घाटन अध्यक्ष गणेश अधिकारीले गर्नुहुने छ ।
‘संघीयताविरुद्ध युवा अभियान’ भन्ने नारासहित युवक संघले विभिन्न प्रदेशहरूमा भेला तथा प्रशिक्षण सञ्चालन गरिरहेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि माघ १९ गते नै भेला तोकिएको छ ।
संघले लुम्बिनी प्रदेशमा माघ १८ गते, कर्णालीमा माघ २१ र गण्डकीमा फागुन ३ गते भेलाको मिति तय गरेको छ ।
युवक संघले आगामी चैत २४ गतेदेखि राष्ट्रिय जनमोर्चाले आयोजना गरेको राजधानी केन्द्रित संघीयताविरोधी आन्दोलनलाई सफल पार्न तयारी गरिरहेको जनाएको छ ।
गत पुस १३ र १४ गते बुटवलमा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन गरेको युव संघले सांगठनिक गतिविधिमा तिब्रता दिएको हो ।