सन्धिखर्क । राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिका–७ निवासी बसन्त नेपाली मातृशोकमा पर्नुभएको छ ।
Advertisement
आमा शान्ता नेपालीको ७२ वर्षको उमेरमा मृत्यु भएपछि नेपालीको परिवारमा मातृशोक परेको हो ।
नेपालीका अनुसार सन्धिखर्क, बुटवल र भैरहवाका अस्पतालमा उपचार गराउँदै गर्दा २०८१ माघ ८ गते बिहान आमा शान्ताको निधन भएको हो ।
दाहसंस्कारस्थल गच्छेघाटमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको थियो ।

राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले पार्थिक शरीरमा राजमोको झन्डा ओढाउनुभएको थियो ।
घाटमा नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकाल, राजमो नेताहरू दिलदार हुसेन, अरुण भट्टराई र पत्रकार अनिल नेपालीलगायत आफन्त, इष्टमित्रको उपस्थिति थियो ।
कार्यक्रममा मृतक शान्ताको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।
स्मृतिशेष शान्ताको परिवारमा चार छोरा र तीन छोरी हुनुहुन्छ ।