• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • गलकोट (बागलुङ) ।  बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि बागलुङको स्थानीय उत्पादनले बजार पाउन थालेको छ ।

    Advertisement

    उनीहरूले कोसेलीका रुपमा बागलुङमा उत्पादन भएको भांगोदेखि गुन्द्रुकसम्म लैजान थालेका छन् । बागलुङका कुनाकाप्चामा उत्पादन भएको जैविक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घले सघाउन थालेपछि आगन्तुकको कोसेलीका रुपमा स्थानीय उत्पादन पर्न थालेको छ ।

    गुन्द्रुक, भांगो, भटमास, मह तथा नेपाली हातेकागज, ऊनबाट बन्ने कपडा, अल्लोबाट उत्पादन भएका लत्ताकपडा, ढाकाका कपडा, बाँसको काइयो, ठेकीलगायत सामग्रीलाई आगन्तुकले कोसेलीका रुपमा लान थालेका छन् । तीन महिनादेखि उद्योग वाणिज्य सङ्घले सञ्चालनमा ल्याएको कोसेली घरका सामग्री स्थानीयभन्दा आगन्तुकको रोजाइमा पर्न थालेको पाइएको छ ।

    स्थानीय उत्पादनलाई बागलुङको पहिचानसँग जोडेर बजारीकरण गर्दा गाउँका सामग्रीले समेत मूल्य पाउने र बागलुङ घुम्न आएका पाहुनालाई कोसेली बन्ने गरेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

    स्थानीय उत्पादनको खरिद गरी ‘ब्रान्डिङ’ उद्योग वाणिज्य सङ्घले गर्न थालेपछि आगन्तुकको रोजाइमा पर्न थालेको हो । रु २० लाख लागतमा कार्यालय परिसरमै सञ्चालन गरेको कोसेली घरमा भ्रमणमा आउने पाहुनाले केही न केही स्थानीय उत्पादन खरिद गरेर लैजाने कँडेलको भनाइ छ । उद्यमीहरूबाट उत्पादित कृषिजन्य जैविक उपज, हस्तकला सामग्री, पर्यटकीयस्थलको फोटोलगायत वस्तुहरू बिक्री भइरहेका छन् ।

    ‘बागलुङलाई अध्ययन तथा अवलोकन भ्रमणको गन्तव्यका रुपमा लिइन थालिएको छ, दैनिकजसो कोसेलीघरमा आगन्तुकले रोचक मानेर अवलोकन गर्ने र आफूलाई मन परेको जैविक कृषि उपज तथा सजावटका हस्तकला खरिद गरेर लैजान्छन्’, कँडेलले भन्नुभयो, ‘गुन्द्रकु, भांगो, टिमुर यहाँको ब्रान्ड हो, उत्पादन गर्न सके बजारीकरण उद्योग वाणिज्य सङ्घले गर्छ भनेपछि किसान उत्साहित भएका छन्, बागलुङमा उत्पादन भएको कृषि उपज तथा हस्तकला आगन्तुकको कोसेलीका रुपमा बिक्री भइरहेको छ ।’

    कोसेली घरमा गुन्द्रकदेखि काठको ठेकीसम्म, सांस्कृतिक र पर्यटकीयस्थलको फोटोदेखि गुन्द्रीसम्म पाइने भएपछि आगन्तुकको रोजाइमा कोसेलीघर परेको छ । उहाँले भन्नुभयो, ‘मासिक रु एक लाखसम्मको स्थानीय उत्पादन बिक्री गर्ने हाम्रो लक्ष्य छ, कोसेलीघरले गाउँका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने गरको छ ।’

    कोसेलीघरलाई दिगो बनाउन रु चार लाखको कोषसमेत स्थापना गरिएको छ । कोसेलीघरमा रहेको माने ठेकी र सिन्की खरिद गरेको चितवनबाट बागलुङको कालिका मन्दिर दर्शन गर्न आउनुभएका पर्यटक शान्ताराम रानाले बताउनुभयो । उहाँले कोसेलीघर अवलोकन गर्दा स्थानीय उत्पादन र सजावटका मौलिक सामग्री देख्न पाइएको बताउनुभयो ।

    ‘चितवनबाट आएकाले भांगो, गुन्द्रुक र भटमास नौलो लाग्न सक्छ, हाम्रो जीवनमा आवश्यक खाद्यान्न र सजावटका सामग्री रहेछन्’, रानाले भन्नुभयो, ‘किसानको उत्पादन बिक्री हुने र आगन्तुकको कोसेली बन्नेछ, उद्योग वाणिज्य सङ्घको सक्रियता पनि बढ्ने छ । बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालय लगायतका कारण पछिल्लो समय बागलुङ अध्ययन अवलोकन भ्रमणको गन्तव्य बन्दै आएको छ ।

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.