• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

इतिहास रचेर फर्कियो खो खो विश्वकप उपविजेता महिला र पुरुष टिम


  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । खो खो विश्वकप उपविजेता नेपाली पुरुष टोलीका कप्तान हेमराज पनेरुले पदक ल्याउने लक्ष्यअनुरूप मेहनत गरेर खेल्दा सफलता प्राप्त भएको बताएका छन् ।

    Advertisement

    भारतको नयाँ दिल्लीमा भएको खो खो विश्वकपमा उपविजेता बनेको नेपाली महिला र पुरुष टोली सोमबार स्वदेश फर्किएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा नेपाली पुरुष टोलीका कप्तान हेमराजले विश्वकपमा पदक जित्दै देशको गौरव बढाउन पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

    साथै उनले विदाई हुने क्रममा खेलकुद निकायसँग पदक ल्याउन गरेको अठोटअनुरूप मैदानमा खेल्दा सफलता मिलेको बताए ।

    संघले गरेको लगानीलाई जसरी पनि पदक ल्याउने खेलाडीको लक्ष्य बन्ने गरेको उनको भनाइ छ । उनले यसअघि नै नेपालले १३ औं साग र एशिया च्याम्पियनसिपमा पनि पदक ल्याइसकेको उल्लेख गरेका छन् ।

    उक्त विश्वकपमा नेपालको महिला टोली पनि फाइनलमा भारतसँग पराजित हुँदा उपविजेता सिमित भएको हो । यद्यपि, यो सफलता नेपाली खेलकुदका लागि उच्च र ऐतिहासिक रह्यो ।

    नेपाली महिला खो खो टोलीकी कप्तान सरस्वती कठायतले मैदानमा खेलाडीले एकभएर खेल्दै पदक जित्दा गौरव महशुस भएको उल्लेख गरिन् । प्रशिक्षक र टिम व्यवस्थापकले यो सफलताका लागि धेरै मिहिनत गरेको उनले बताइन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तयारीका क्रममा खो खो संघले पेश गरेको खर्च परिषद्ले स्विकृत गरेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । बाँकी आवश्यक खर्च पनि परिषद्ले बेहोर्न उनको भनाइ छ ।

    साथै उनले खेलकुद परिषद्ले छात्रवृत्ति दिएर रणनीतिक रूपमा तयार गरेको निश्चित खेलमध्ये खो खो पनि रहेको बताएका छन् । अहिले रूपन्दही खो खो खेलको तयारी गरिरहेको र केही खेलाडी राष्ट्रिय टोलीमा अहिले आएको हुनसक्ने बताए ।

    उनले पदक जितेपछि खेलाडीले पाउने पुरस्कार खेलकुद विकास नियमावली २०७९ अनुरूप चाडै पाउने बताए । तर त्यसका लागि संघले १५ दिनभित्र नै आवश्यक कागजात पत्र पेश गरे पुरस्कार छिट्टै पाउने उनको भनाइ छ ।

    नेपालमा खो खो खेलको इतिहास धेरै लामो नभए पनि देशलाई विश्वकपमा सफलता दिलाउनुले विशेष बनेको भएको बताए । भारतमा खो खो खेलको इतिहास लामो रहेको र त्यहीअनुरूप उनीहरूको प्रदर्शन रहेको उल्लेख गर्दै नेपाली टोलीले पनि उत्कृष्ट चुनौती दिएको बताए । अब यो सफलता जोगाउने चुनौती पनि हुनसक्ने उनको भनाइ छ ।

    नेपाली टोलीका प्रशिक्षक कयामोदिन मन्सुरले करिव एक महिनाको बन्द प्रशिक्षण र तयारीले यो सफलता प्राप्त भएको बताए । साथै उनले खो खो खेलका लागि आवश्यक प्रशिक्षक कमी रहेको उल्लेख गरे । प्रशिक्षक अभावले अभैm राम्रो खेलाडी उत्पादनमा गर्न नसकिएको उनको भनाइ छ ।

    नेपाली टोलीका प्रशिक्षका अर्का प्रशिक्षक विकीराज महर्जनले अभैm नेपाली खेलाडीले धेरै प्रतियोगिता र तयारी गर्न पाएको भए धेरै राम्रो नतिजा ल्याउनसक्ने उल्लेख गरे । उनले खेलाडीलाई धेरैभन्दा धेरै एक्सपोजर आवश्यक रहेको बताएका छन् ।

    पहिलोपल्ट सुरु भएको खो खो विश्वकपमा महिलामा १९ राष्ट्र र पुरुषमा २० राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । नेपालको महिला टोलीले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । तर, आइतबार भएको उपाधि भिडन्तमा भारतसँग ७८–४० ले पराजित हुन पुग्यो । पुरुष टोली पनि भारतसँगै ५४–३६ ले पराजित भएको थियो । उक्त टोली सोमवार नेपाल फर्किएको हो ।

    नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा।हरि लम्साल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव घिसिङ, राखेपका बोर्डहरू सदस्य अञ्जना श्रेष्ठ मास्के, विना श्रेष्ठ, दीपेन्द्र बिष्ट र भानबहादुर चन्दलगायतले स्वागत गरेका थिए । राखेपले नेपाली टोलीलाई बाजागाजासहित स्वागत गरेको थियो ।

    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.