काठमाडौं । खो खो विश्वकपमा नेपालको पुरुष टिम पनि उपविजेता बनेको छ । आइतबार साँझ भारतको इन्दिरा गान्धी इन्डोर कोर्टमा भएको फाइनलमा नेपाल भारतसँग ५४–३६ ले पराजित भएको हो।
Advertisement
आइतबार बेलुका नै महिला टोली पनि भारतसँगै फाइनलमा पराजित भएको थियो।
समूह चरणमा एउटै समूहमा रहेको नेपाल भारतसँग पराजित भएको थियो।
तर बाँकी खेलमा जित निकाल्दै नेपालले उपाधि भिडन्त भारतसँगै गरेको हो।
भारतका भने दुवै टोली पहिलो संस्करणका च्याम्पियन बनेका छन्।
फाइनलमा नेपाली महिला टोली ७८–४० अन्तरले पराजित भएको थियो। नेपाली महिला टोली भने अपराजित रहँदै फाइनलमा पुगेको थियो।