काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घले गत वर्षको शिक्षक आन्दोलनपछि शिक्षकसँग भएका सहमतिका विपरीत अध्यादेश ल्याएकोमा विरोध प्रकट गरेको छ ।
Advertisement
शिक्षकसित २०८० असोजमा भएको सहमति विपरीत अध्यादेशमा शिक्षकलाई स्थायी सेवामा प्रवेश गरेको आठ वर्षपछि मात्र योगदानमा आधारित निवृत्तिभरणमा लैजाने घोषणा गरिएकोमा सङ्घले विरोध गरेको हो ।
सङ्घका महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा २०८१ माघ ४ गते शुक्रबार जारी प्रेसविज्ञप्तिमा सङ्घले सो जानकारी दिएको छ ।
शिक्षा विधेयकलाई हिउँदे अधिवेशन बोलाएर तत्कालै कार्यान्वयन गर्नुपर्नेमा अध्यादेशद्वारा आम शिक्षाकर्मीलाई हतोत्साहित गरिएको भन्दै विज्ञप्तिमा सहमति कार्यान्वयन नगरिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
