• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमो ओखलढुङ्गाका अध्यक्ष खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति


  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा ओखलढुङ्गा जिल्ला समितिका अध्यक्ष शेरबहादुर खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

    Advertisement

    सिद्धिचरण नगरपालिका वडा नं. ३ अँधेरीस्थित केसीको घरमा २०८१ पुस २९ गते आगलागी भएको हो ।

    अध्यक्ष खत्रीका अनुसार निजकी पत्नी गोठमा गएको र छोराछोरी बाख्रा चराउन गएका बेला सो घटना घटेको छ ।

    उहाँले नजिकै रहेको विद्युत् पोलमा सर्ट हुँदा आगलागी भएको हुन सक्ने अनुमान व्यक्त गर्नुभएको छ ।

    आगलागीका बेला केसी मिसन अस्पतालमा उपचारका लागि जानुभएको थियो ।

    आगलागीमा परी २५ तोलाजति सुन, ३५ तोलाजति चाँदी, ८० मुरीभन्दा बढी अन्न, साढे तीन लाख नगद डढेको छ । त्यस्तै घरभित्र रहेका मोबाइल, ओढ्नेओछ्याउने सबै डढेको छ ।

    ‘हामीले केही निकाल्न पाएनौँ’ खत्रीले युगदर्शनसित भन्नुभयो– ‘श्रीमती गोठ गएको, छोराछोरी बाख्रा फुकाएर गएको र म मिसन अस्पतालमा आएका बेला यो दुर्घटना भयो । मलाई श्रीमतीले फोन गरेपछि मात्रै आइपुगेको थिएँ ।’

    आफूहरूको परिवार २० जनाजतिको भए पनि हाल श्रीमती, एउटा छोरी र कान्छो छोरा मात्रै त्यो घरमा बस्दै आएको उहाँले बताउनुभयो ।

    ‘अहिले कान्छो छोराको विवाह गर्नका लागि गहना कमाएका थियौँ । छोरालाई बाइक किन्नका लागि भनेर श्रीमतीले अढाई लाख रुपियाँ निकालेर राखेकी थिइन् । त्यस्तै, मैले अघिल्लो दिन ७५ हजार रुपियाँ निकालेर राखेको थिएँ । त्यसबाहेक ४२ हजार नगद अरू थियो’ उहाँले बयान दिनुभयो ।

    आगलागीमा राजमोका कागजात पनि डढेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले आगो अहिलेसम्म पनि पूर्ण रूपमा निभ्न नसकेको बताउनुभयो ।

    ‘आगो अझै पूरै निभिसकेको छैन । हामी नजिकैको अर्को कटेरोमा बसेका छौँ’ उहाँले भन्नुभयो ।

    आगलागीको सम्बन्धमा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।

    ‘मेयरले आवश्यक सहयोग गर्छौं, थप सहयोगका लागि प्रदेशमा पनि अपिल गर्छौं भन्नुभएको छ’ मेयरलाई उद्धृत गर्दै उहाँले भन्नुभयो–

    ‘उहाँहरूले उपलब्ध गराउनुभएका ओढ्नेओछ्याउनेमै हामी रात काटिरहेका छौँ ।’

    बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.