निखील रावत, गुजरात ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत रहेको खेल विभागको आयोजनामा खुल्ला क्रिकेट प्रतिस्पर्धा भएको छ ।
खेलको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले पिचमा ब्याटले र बल हानेर गर्नुभएको थियो ।
उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि थापाले मूल प्रवाह प्रवासमा रहेका हरेक नेपालीको अभिभावक संगठन भएर खरो रूपमा उभिने एक मात्र संगठन भएको बताउनु भयो । थापाले सबै नेपालीहरूले मूल प्रवाहको सदस्यता लिएर संगठनमा जोडिन आव्हान पनि गर्नुभयो ।
खेल विभागका संयोजक प्रकाश जनालाको अध्यक्षता एवाम् पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की, केन्द्रीय सल्हाकार सदस्य ध्रुव न्यौपाने, पश्चिम भारत क्षेत्रीय सदस्य निखिल रावत, पूर्ण विक, सुरत महिला विभागकी संयोजक शान्ती तिरुवा लगायतको आतित्थ्यता रहेको थियो ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा किसन पार्की क्याप्टन रहेको के टाइगर प्रथम र दिपेश परियार क्याप्टन रहेको सान्निकोट युवा क्लब दोस्राृे भए । यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका प्रकाश सोनीलाई उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरिएको थियो ।
विजयी टिमलाई गोविन्द बहादुर थापाले शिल्ड र मेडलको साथ अविर टीका लगाएर सम्मान गर्नुभएको थियो ।
दोस्रो हुने सान्निकोट युवा क्लबलाई वेदबहादुर कार्कीले अविरल, टीका शिल्ड र मेडलले सम्मान गर्नुभएको थियो । उत्कृष्ट खेलाडी प्रकाश
सोनीलाई ध्रुव न्यौपाने, प्रकाश जनाला र पूर्ण विकले सम्मान गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नगर सचिव भिम साउद र स्वागत राज पार्कीले गर्नुभएको थियो ।