खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिन्डा नगर समितिले रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूलाई सम्मान गरेको छ ।
Advertisement
१२ जनवरी २०२५ का दिन आयोजित कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई र महिला क्षेत्रीय सदस्य माया ओलीले कलाकारहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा गत तिहारमा मूल प्रवाहले खेलको प्रगतिशील देउसी भैलोकोसमेत समीक्षा गरिएको थियो ।

समारोहमा भट्टराईले मूल प्रवाहको सामुहिक सदस्यता पनि प्रदान गर्नुभयो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य नरबहादुर ओली र पूर्व नगर सदस्य चन्द्रप्रसाद भुसालले पनि सम्बोधन गर्नु भएको थियो ।
नारायण केसीको अध्यक्षता तथा गिरि मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा बलराम जिसीले स्वागत गर्नु भएको थियो ।
