दाङ । राष्ट्रिय जनमोर्चा घोराही–१९ नम्बर वडासमितिले लगाएको ताल्चा खुलेको छ ।
Advertisement
आगामी २०८१ माघ ४ गते सर्वदलीय बैठक बसी माग सम्बोधन गर्ने सहमतिसँगै ताल्चा खुलेको हो ।
ताल्चा खुल्नुअघि वडाअध्यक्ष ज्ञानबहादुर रायमाझी र राजमो वडासमितिका अध्यक्ष मङ्गलबहादुर घर्तीमगरको माझमा लिखित सहमति भएको थियो ।
सहमतिपछि जारी गरिएको प्रेसविज्ञप्तिमा माघ ४ गते सर्वदलीय बैठक बस्ने निर्णय भएको जानकारी दिएको छ ।
राजमोले आज पुस २८ गते आइतबार नै बिहान वडा कार्यालयमा ताल्चा लगाएको थियो ।
यस विषयलाई राजमोले लामो समयदेखि उठाउँदै आएको थियो ।