• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

गणतन्त्र जोगाऊँ तर सङ्घीयता खारेज गरौँ : केसी


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • परासी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले गणतन्त्र जोगाउनुपर्ने तर सङ्घीयता खारेज गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    २०८१ पुस २७ गते शनिबार सुनवलमा राजमो नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    गमलामा पानी हालेर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेपछि प्र्रशिक्षण दिँदै उहाँले गणतन्त्र नेपाली जनताको माग भएको तर सङ्घीयता विदेशीको इसारामा ल्याइएको बताउनुभयो ।

    ‘तपाईंहरूलाई थाहा छ त, गणतन्त्रका लागि नेपाली जनताले कति लामो समय समयदेखि सङ्घर्ष गरिराखेका थिए’ उहाँले भन्नुभयो– ॅत्यही कुरा सङ्घीयताको विषयमा सत्य होइन । सङ्घीयता त विदेशीको इसारमा नेपालमा जबर्जस्ती घुसाइएको हो ।’

    उहाँले सङ्घीयता स्वीकार गरेका दलहरूले यस खालको अभिव्यक्ति बेलाबखत् दिने गरेको स्पष्ट पार्नुभयो ।

    ‘अब तपाईंहरूले सुनिराख्नुभएको छ नि, सङ्घीयता स्वीकारेका काङ्ग्रेस, एमालेका नेताकार्यकर्ताले भन्ने गरेका छन्, सङ्घीयतालाई यो मनले पटक्कै चित्त पारेको छैन तर के गर्ने ? पार्टीले मानेपछि मान्नुपर्ने’ अध्यक्ष केसीले सङ्घीयतासम्बन्धी प्रतिक्रिया उद्धृत गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘यस्तो कुरा गरेको किन हो भन्दा सङ्घीयता ती पार्टीका नेताकार्यकर्तामाझ छलफल गरेर ल्याइएको होइन बरु विदेशीले षड्यन्त्रमूलक ढङ्गले नेपालमा लादेका हुन् ।’

    अध्यक्ष केसीले जनताको भावनाअनुरूप राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म एकहप्ते काठमाडौँकेन्द्रित सङ्घीयता खारेजीको आन्दोलन सञ्चालन गर्न लागिरहेको बताउनुभयो ।

    उहाँले सो कार्यक्रम सफल पार्न सम्पूर्ण नेताकार्यकर्ताले स्थानीयस्तरबाट तयारी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सम्बोधनको क्रममा सङ्घीयता र एमसिसीजस्ता क्रियाकलापले देशको राष्ट्रियता खतरामा परेको धारणा पनि उहाँले राख्नुभयो ।

    उहाँले राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि नेपाली जनता सङ्घर्षमा उत्रिनुपर्ने बताउनुभयो ।

    प्रशिक्षण दिने क्रममा उहाँले गणतन्त्र ल्याउन सङ्घर्ष गर्ने राजनीतिक दलहरूले भ्रष्टाचारलाई संरक्षण गरेकै कारण आज गणतन्त्र र राष्ट्रियता सङ्कटमा पारेको बनाउनुभयो ।

    उहाँले मुलुक बन्न आम जनता सचेत भएर राजनीतिमा सहभागी हुनुपर्ने धारणासमेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम र नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासीका प्रवक्ता रेम रानाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो लुम्बिनी प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदीले जिल्लास्तरीय सङ्घर्षका कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    राजमो नवलपरासी अध्यक्ष किसनबहादुर अधिकारीको अध्यक्षता तथा जिल्ला सचिव ढुण्डिराज पोख्रेलको सञ्चालनमा अघि बढेको सा कार्यक्रममा उपस्थित सहभागीलाई जिल्ला उपाध्यक्ष राजेन्द्र अर्यालले स्वागत गर्नुभएको थियो ।

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.