• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सरकारको आयु समाप्त हुन लागेको महासचिव भट्टको आशङ्का


  •   मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
  • बसन्त खड्का, सन्धिखर्क ।
    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले हालसालै विकसित घटनाक्रमलाई हेर्दा वर्तमान सरकारको आयु समाप्त हुन लागेको आशङ्का व्यक्त गर्नुभएको छ ।

    Advertisement

    राजमो अर्घाखाँचीले २०८१ पुस २३ गते मङ्गलबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले सरकारको स्थिरतामाथि शङ्का गर्नुभएको हो ।

    उहाँले केपी ओलीको सरकार टिक्छ भनेर चर्चा गरिरहनु र शेरबहादुर देउवाले धोका नदिने आश्वासन दिनु जस्ता गतिविधिले सरकारभित्र खिचडी पाकिरहेको दाबी गर्नुभयो ।

    गत ९ वर्षमा नेपालमा ११ ओटा सरकार परिवर्तन भइसकेको र हालका घटनाक्रमले फेरि सरकार ढल्ने सम्भावना प्रबल भएको उहाको भनाइ थियो ।

    महासचिव भट्टले सरकार र छिमेकी राष्ट्रबिचको सम्बन्धमा दुरी बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । बारम्बार हुने सरकार परिवर्तनले विदेशी हस्तक्षेपलाई निम्त्याउने खतरा रहेको तर्क पनि उहाँको थियो ।

    तराईमा मधेसवादी दललाई भारतीय साम्राज्यवादका एजेन्टको रूपमा व्याख्या गर्दै उनले उनीहरूको एकताले राष्ट्रिय सार्वभौमसत्ता र एकतामाथि खतराको सङ्केत दिएको बताउनुभयो ।

    उहाँले गणतन्त्र विरोधी शक्तिहरू सक्रिय हुँदै गएको र गणतन्त्रको भविष्यमा सङ्कट उत्पन्न गरिरहेको पनि उल्लेख गर्नुभयो । भारतले मात्र होइन, हाल अमेरिकाले समेत नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप बढाएको र राज्यका विभिन्न तहमा घुसपैठ गरेको उहाँको दाबी थियो ।

    महासचिव भट्टले सहकारी क्षेत्रमा झन्डै दुई खरब रुपैयाँको अपचलन भएको र जनताको पसिनाको कमाइमा माफियाले रमाइरहेको आरोप लगाए । सरकारले २९ सहकारीलाई समस्याग्रस्त माने पनि वास्तविक रूपमा झन्डै ७०० सहकारी सङ्कटग्रस्त रहेको उनको भनाइ थियो ।

    रवि लामिछानेको सहकारी काण्डलाई राजनीतिक रङ दिनु खेदजनक भएको भन्दै उनले त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाले चैत २४ देखि ३० गतेसम्म राजधानीकेन्द्रित आन्दोलनको घोषणा गरेको जानकारी दिँदै उहाँले सङ्घीयताको खारेजी, गणतन्त्रको रक्षा, भ्रष्टाचार उन्मूलन र सुशासनका लागि आन्दोलन गर्ने बताउनुभयो ।

    मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.