दिनेश रैदास, दाङ ।
दाङकाे तुलसीपुर मावि सेन्टरमा अखिल (छैठौं) को ८१ सदस्यीय समिति गठन भएको छ ।
अखिल (छैठौं) का जिल्ला अध्यक्ष सेवक भट्टराईको उपस्थितिमा २०८१ पुस २२ गते सोमबारका दिन सो समिति गठन भएको हो ।
(छैठौं) ले दाङ जिल्लामा तीनमहिने अभियानअन्तर्गत निराशा, पलायन र लागू औषध दुव्र्यसनी विरुद्धको अभियान भन्ने नारासहित तीन महिने पुस, माघ र फाल्गुन मसान्तसम्मको अभियान जारी गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का भट्टराईले निराशा, युवा पलायन र लागू औषध दुव्र्यसन समाजका गम्भीर चुनौतीहरू हुन्, जसले परिवार, समुदाय, र देशलाई दीर्घकालीन असर पुर्याईरहेको छ। रोजगार र अवसरको कमीका कारण युवाहरू विदेश पलायन गर्न बाध्य हुन्छन् । यो देशको आर्थिक र सामाजिक उन्नतिको लागि चुनौतीपूर्ण छ। साथै महङ्गी, भ्रष्टचार, शैक्षिक विकृतिबारे आवाज उठाउन सबै विद्यार्थी अखिल (छैठौं) मा आवद्ध हुन आह्वान गर्छु भन्नुभयो ।
भेलाले जेनिसा ओलीको अध्यक्षतामा ८१ सदस्यीय मावि सेन्टर इकाई समिति गठन भएको छ।
जसकोे उपाध्यक्षमा अभिका तामाङ, सचिव रोशन केसी, सहसचिव बबिता कवर र कोषाध्यक्षमा रोशन पौडेल रहनुभएको छ।
कार्यक्रममा अखिल (छैठौं) का जिल्ला कोषाध्यक्ष तुलसीराम भण्डारी, निर्मला विक, नरेन्द्र ओली, गणेश बुढाथोकी, अमृत केसीलगायतकोे उपस्थिति रहेको थियो भने सञ्चालन (छैंठौ) दाङका सचिव दिनेश रैदासले गर्नुभएको थियो ।



