रुकुमकोट । रुकुम पूर्वमा अखिल नेपाल शिक्षक सङ्घको जिल्ला समिति गठन भएको छ ।
Advertisement
२०८१ पुस २० गते शनिबार सदरमुकाम रुकुमकोटमा सम्पन्न जिल्ला भेलाले सो समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा शिवकुमार शाही, उपाध्यक्षमा गणेशप्रकाश बुढा, सचिवमा पिताम्बर पोखरेल, कोषाध्यक्षमा सपना खनाल तथा सदस्यमा रिता शाही र धनबहादुर मल्ल रहनुभएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चा रुकुम पूर्वका शत्रुघ्न श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
शिवकुमार शाहीको अध्यक्षतामा अघि बढेको उक्त भेलाको सञ्चालन पिताम्बर पोखरेलले तथा स्वागत सपना खनालले गर्नुभएको थियो ।