• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘फ्लूबाट दीर्घरोगी र ज्येष्ठ नागरिक बढी जोखिममा’


  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू) को सङ्क्रमणको जोखिम बढ्छ । यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ ।

    Advertisement

    विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जाने र भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।

    सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्नुहन्छ, “फ्लू एक प्रकारको भाइरल सङ्क्रमण हो । यो सङ्क्रमण भएको दुईदेखि तीन दिनमा लक्षण देखिन सुरु हुन्छ । यसको लक्षण भनेको उच्च ज्वरो आउनु, जिउ दुख्नु, घाँटी दुख्नु, कसैकसैलाई पखाला लाग्ने पनि हुनसक्छ । यसले जटिलताको अवस्थामा निमोनिया गराउन सक्छ ।”

    त्यसैगरी टाउको दुख्नु, खोकी लाग्नुु, जीउ र मांसपेशी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनुआदि थप फ्लूका लक्षण हुन् । यद्यपि फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।

    चिकित्सककाअनुसार प्रशस्त आराम र झोलिलो पदार्थको सेवनले फ्लू हप्तादेखि १० दिनसम्ममा निको भएर जान्छ । फ्लू भएका अधिकांश व्यक्तिहरुलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन । डा पुन भन्नुहुन्छ, “सङ्क्रमित हुँदा आराम त गर्नुप¥यो नै । यसले अरुलाई सार्नसक्ने सम्भावना पनि कम हुन्छ । कतिपयलाई ब्याक्टेरयाले थप सङ्क्रमण गरायो भने एन्टिबायोटिकको आवश्यकता पर्न सक्छ त्यसका लागि चिकित्सकको परामर्श लिनुपर्छ ।”

    फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, प्रशस्त तरल पदार्थ र पौष्टिक खानाको सेवन गर्नेलगायत सुझाव चिकित्सक दिनुहुन्छ ।

    रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिकलाई बढी जटिल बनाउनसक्ने भएकाले सजग र स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ । “जोखिम समूहका व्यक्तिले चिकित्सकसँग परामर्श लिएर औषधि लिनुपर्ने हुन्छ । फ्लूविरुद्ध खोप पनि उपलब्ध छ । खोप लगाएमा यसले थप जटिल हुन अवस्थाबाट धेरै हदसम्म कम गराउँछ”, डा पुन भन्नुहुन्छ ।

    शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.