बुटवल । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी अस्वस्थ हुनुभएको छ ।
Advertisement
अस्वस्थ केसीलाई लुम्बिनी अञ्चल अस्पतालले थप परीक्षणका लागि भरतपुर अस्पताल रेफर गरेको हो ।
उपाध्यक्ष केसीलाई दम र घाँटीसम्बन्धी समस्या देखा परेपछि गत २०८१ पुस ६ गते अञ्चल अस्पतालमा चेकजाँच भएको थियो ।
पुनः स्वास्थ्य समस्या देखा परेपछि पुस १३ देखि १७ गतेसम्म उहाँलाई अञ्चल अस्पतालमा भर्ना हुनुभएको थियो ।
पुस १७ गते अञ्चल अस्पतालले थप परीक्षण तथा आवश्यक उपचारका लागि भरतपुर हस्पताल रेफर गरिएको राष्ट्रिय जनमोर्चा रुपन्देहीका भीमलाल न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार उपाध्यक्ष केसीलाई अस्पतालले क्यान्सरको आशङ्का गरेको छ ।

