• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

नेपालको दिगो विकासमा सङ्घीयता बाधक बनेको छ : महामन्त्री सिंह


  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सङ्घीयता नेपालको दिगो विकासको बाधक बनेको दाबी गर्नुभएको छ । ऋण खोज्दै सङ्घीयता धान्दै गर्नुपर्दा समृद्धि र विकास नारामै सीमित भएको उहाँको तर्क छ ।

    राष्ट्रिय जनमोर्चाले आसन्न चैतमा गर्ने सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित सातदिने आन्दोलनको तयारीस्वरूप २०८१ पुस १३ गते शनिबार सन्धिखर्कमा सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    विकेन्द्रीकरणमा आधारित एकात्मक शासन व्यवस्था नै उत्तम रहेको भन्दै महामन्त्री सिंहले सङ्घीयता खारेजीको विकल्प नभएको जिकिर गर्नुभयो ।

    सङ्घीयता नहटाए देश अझै खाडलमा फस्ने उहाँको धारणा रहेको छ । जुनसुकै सरकार आए पनि विदेशिने दक्ष युवाविद्यार्थीलाई रोक्न नसक्नुले देश रित्तो हुने भन्दै उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो ।

    सङ्घीयताको खर्चकटौति गरी शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्ने र रोजगारीको सिर्जना गर्नुपर्ने महामन्त्री सिंहले खाँचो औल्याउनुभयो ।

    फरक प्रसङ्गमा उहाँले चीनमाथि हमला गर्न नेपाललाई युद्धभूमि बनाउन भारत र अमेरिकाको सपना पूरा भए मुलुक युद्धको भुमरीमा पर्ने उहाँको भनाइ थियो ।

    महामन्त्री सिंहले सोही योजनाअनुसार नेपालमा एमसिसी जबर्जस्ती पारित गराइएको तथा एसपिपी लागु गर्न खोजिएको दाबीसमेत गर्नुभयो ।
    कार्यक्रममा राजमो महासचिव मनोज भट्टले अहिलेको सरकार अमेरिका, भारत र चीनलाई खुसी पार्न बनेको आरोप लगाउनुभयो ।

    जनताका समस्याको निकास दिन र देशलाई विकास दिन अहिलेको सरकार नबनेको आरोप लगाउँदै महासचिव भट्टले अगाडि भन्नुभयो– ‘भारतले नेपाली भूमिमा डोजर चलाउँदा चुइक्क बोल्न नसक्नु त्यसैको उदाहरण हो ।

    राजमो नेता शेरबहादुर बिसीको अध्यक्षता, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालको स्वागत मन्तव्य र राजमो जिल्ला अध्यक्ष थम्मन केसीको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा महामन्त्री सिंह र महासचिव भट्टले प्रशिक्षण दिनुभएको थियो ।

    जिल्लाका छओटै पालिकाबाट राजमोका अगुवा कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा चारओटा टोली बनाएर समूह छलफलसमेत गराइएको थियो । कार्यक्रममा राजमो नेताहरू टेकबहादुर थापा, पशुपति ढकाल, वीरबहादुर कुँवर र जोगबहादुर सारूले टोलीका सुझाव प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झबिलाल थापा, राजमो केन्द्रीय सदस्य यमलाल पोख्रेल र अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला रानालगायतले सहजीकरण गर्नुभएको थियो ।

    शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.