• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगमन र राष्ट्रियतामाथिको खतरा तात्कालिक राजनीतिको दुई मुख्य समस्या : सिंह


  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
  • खलङ्गा । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमन र राष्ट्रियतामाथिको खतरा नेपालको तात्कालिक राजनीतिको दुई मुख्य समस्या भएको औल्याउनुभएको छ ।

    Advertisement

    मसालको प्युठान जिल्ला समितिले २०८१ पुस ११ गते बिहीबार सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सो अवधारणा राख्नुभएको हो ।

    ‘अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ’ उहाँले भन्नुभयो– ‘अहिले राजावादी र भारतीय साम्राज्यवाद देशको गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा छन् ।’

    उहाँले २०६२–६३ सालको जनआन्दोलनमा पराजित भएदेखि नै राजावादीले गणतन्त्र र धर्मनिरपेक्षतामाथि आक्रमण गरेर राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न चाहेको बताउनुभयो ।

    यही विन्दुमा भारतको हिन्दु कट्टरपन्थी शासकले नेपालको राजनीतिक परिवर्तन उल्ट्याउन चाहेको उहाँको ठम्याइ थियो ।

    देशमा बहुसङ्ख्यक हिन्दु धर्मावलम्बी भएको यथार्थलाई स्वीकार गर्दै महामन्त्री सिंहले अगाडि भन्नुभयो– ‘नेपालमा बहुसङ्ख्यक हिन्दु धर्मावलम्बी छन् तर जसको जति सङ्ख्या भए पनि सबै धर्मालम्बीको माझमा धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव र सहिष्णुता हुनु आवश्यक छ ।’

    उहाँले नेपालका धेरै धर्म रहेकाले तिनीहरूको माझमा सद्भाव र सहिष्णुता कायम गर्नका लागि पनि धर्मनिरपेक्षता आवश्यक रहेको तर्क राख्नुभयो ।

    अर्कोतर्फ उहाँले देशलाई पुनः राजतन्त्रतर्फ फर्काउन नसकिने बताउनुभयो ।

    ‘हामीले करिब अढाई सय वर्ष पुरानो राजतन्त्रात्मक शासन देखिसकेका छौँ’ उहाँले भन्नुभयो– ‘राजतन्त्रात्मक व्यवस्था कति निरङ्कुश थियो ? कति अराजकता थियो ? कति अस्थीरता थियो ? दरबारभित्र कोतपर्व, भण्डारखाल पर्वदेखि दरबार हत्यकाण्डसम्म भएका थिए । सुनिता–नमिता जस्ता नेपाली चेलीलाई बलात्कार गरी हत्या गरिएको थियो ।’

    उहाँको निष्कर्ष थियो– ‘देश पुन राजतन्त्रतर्फ फर्किन सक्दैन । हामी अगाडि जानुपर्दछ । जनता गणतन्त्रको रक्षा गर्दै अगाडि बढ्न चाहान्छन् । हामी नयाँ जनवादी गणतन्त्रतर्फ जान चाहान्छौँ ।’

    राजधानीकेन्द्रित आन्दोलनलाई समर्थन गर्न आग्रह

    पत्रकार सम्मेलनमा धारणा राख्दै महामन्त्री सिंहले राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म सङ्घीयता खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलन चलाउन थालेकोमा त्यसलाई समर्थन गर्न पत्रकारसित आग्रह गर्नुभयो ।

    सङ्घीयताले राष्ट्रियतामाथि आघात पुग्ने तथा देशले त्यसको भार थेग्न नसक्ने बताउँदै उहाँले आफूहरूले त्यसको विरोधमा आन्दोलन गर्न थालेको स्पष्ट पार्नुभयो ।

    ‘सङ्घीयताले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आघात पुर्‍याउँछ’ उहाँले भन्नुभयो– ॅत्यसले जातजातिमाझको सामाजिक सद्भाव खलबल्याउनुका साथै यस्तो शासनप्रणालीलाई थेग्न सक्दैन ।’

    उहाँले सङ्घीयतालाई जतिसक्दो चाँडो खारेज गर्नुपर्ने नत्र त्यसले देशको अस्मिता नै खतरामा पर्न सक्ने बताउनुभयो ।

    ‘हामीले देशको राष्ट्रिय आवश्यकतामाथि ध्यान दिएर सङ्घीयताको विरोध गरेका हौँ’ उहाँले थप्नुभयो– ‘देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र सामाजिक सद्भावलाई बचाउन सम्पूर्ण पत्रकार मित्रहरूसित राजधानीकेन्द्रित आन्दोलनप्रति समर्थन गर्न आग्रह गर्दछौँ ।’

    कार्यक्रमको अध्यक्षता राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले तथा सञ्चालन मसालका प्युठान जिल्ला प्रवक्ता राम पहाडीले गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राजमो लुम्बिनी प्रदेशका अध्यक्ष बमबहादुर खत्री, वामपन्थी नेता सुरेश थापा, राजमो नेता वासु पोखरेल, अखिल नेपाल युवक सङ्घका कमल पौडेल, रेडियो प्युठानका अध्यक्ष भक्त गिरी, प्रगतिशील पत्रकार सङ्घ प्युठानका सचिव लोकेन्द्र सुनारलगायतको आतिथ्य रहेको थियो ।

    शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.