काठमाडौं । २०८१ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई)मा समावेश हुने विद्यार्थीको लागि परीक्षा फाराम खुला भएको छ।
Advertisement
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा– १० ले शुक्रबार सूचना जारी गर्दै कार्यालयले आजदेखि आगामी माघ १२ गतेसम्म परीक्षार्थीले फारम भरिसक्न भनेको हो।
माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाईसमेत फारम भराउन कार्यालयले आग्रह गरेको छ।
सबै शिक्षा विकास निर्देशनालय, बोर्डका प्रदेश र शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईं, स्थानीय तहका शिक्षा शाखा, महाशाखा, विद्यालय तथा विद्यार्थीलाईसमेत समयमै एसईई परीक्षाको फारम भर्न कार्यालयले आग्रह गरेको हो।
एसईईको फारम दस्तुर कार्यालयले पाँचसय रुपैयाँ तोकेको छ।
