तौलिहवा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ३ बसन्तपुर गाउँमा राष्ट्रिय जनमोर्चाको गाउँभेला सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको उपस्थितिमा २०८१ पुस ९ गते मङ्गलबार सो समिति गठन भएको हो ।
समितिको अध्यक्षमा रहिस कुजदा तथा उपाध्यक्षमा उपाध्यक्षमा प्रदीप खटिक, सचिवमा कमल अहमद र कोषाध्यक्षमा आज्ञाराम खटिक रहनुभएको छ ।
त्यस्तै, सदस्यमा चिनकु खटिक, कालिमुन कुजडा, बिपना काहर, शन्तराम काहर, गणेशमान अहिर, बुधाई यादव र रामप्रसाद खटिक तथा सल्लाहकारमा वर्षती काहर र प्रलाद गिरी रहनुभएको छ ।
भेलामा जिल्ला समितिका सचिव अदैले देशको वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको तात्कालिन कार्यक्रम, सङ्घीयता खारेजीको आन्दोलनलगायतको बारेमा आफ्ना विचार राख्नुभएको थियो ।
कार्यक्रममा राजमो कपिलवस्तुका सल्लाहकार चेतनारायण खनालले पनि मन्तव्य राख्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई राजमो शिवराज नगर समितिका सचिव श्यामप्रकाश खनालले बधाई दिनुभएको थियो ।
प्रदीप खटिकको अध्यक्षतामा अघि बढको उक्त कार्यक्रमको सञ्चालन कमल अहमदले गर्नुभएको थियो ।