• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दलीय भागवण्डाले त्रिविको गरिमा धुलीसात भएको अखिल (छैठौँ) को निष्कर्ष


  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौँ) ले दलीय भागवण्डाले त्रिभुवन विश्वविद्यालयको गरिमा धुलीसात भएको निष्कर्ष निकालेको छ ।

    Advertisement

    २०८१ पुस ५ र ६ गते काठमाडौँको कीर्तिपुरमा सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको हो ।

    अध्यक्ष सुवास जिसीको हस्ताक्षरमा पुस ६ गते शनिबार नै जारी गरिएको प्रेसविज्ञप्तिमा हालै त्रिविको पदाधिकारी नियुक्तिको सन्दर्भ जोड्दै यस्तो निष्कर्ष सार्वजनिक गरिएको छ ।

    त्यस्तै, विज्ञप्तिमा भ्रष्टाचारले गर्दा राजनीतिप्रति जनताको आशाभरोसा टुट्दै गएको, प्रदेश सरकार भ्रष्टाचारको अखाडा बनेको, यस्तो अवस्थामा सङ्घीयता खारेज गर्नुपर्ने बताउँदै राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म घोषणा गरेको सङ्घीयता खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ ।

    विज्ञप्तिमा इजरायली फासिवादी नरसंहारको विरोध गर्दै प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई समर्थन गरिएको उल्लेख छ ।

    आगामी माघ १६ गते “विद्यार्थी आन्दोलनको विगत, वर्तमान र भविष्य” विषयक अन्तरक्रिया गरिने, आन्तरिक साङ्गठनिक जीवनसित विभिन्न निर्णयका साथै पठन संस्कृतिको प्रवर्द्धनसित सम्बन्धित अरू निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “हाम्रो युनियनको दोस्रो पूर्ण बैठक यही २०८१ पुस ५ र ६ गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौँमा सम्पन्न भयो । बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्नको लागी यो प्रेसविज्ञप्ति सार्वजनिक गरिएको छ ।

    १. बैठकमा देशको समसामयिक शैक्षिक स्थितिबारे गम्भीर छलफल भएको छ । भर्खर मात्रै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको नियुक्तिमा दलीय भागवण्डा भएको छ । देशको सबैभन्दा ठुलो र महत्त्वपूर्ण विश्वविद्यालयमा हुने यस प्रकारका दलीय भागवण्डाले निश्चित रूपमा सही सन्देश प्रवाह भएको छैन । त्यसले त्रिविको गरिमालाई धुलीसात पार्दै एउटा ठुलो अनुसन्धानात्मक एवम् शैक्षिक गतिविधिको केन्द्रलाई बदनाम गरेको छ । हाम्रो युनियनले यस प्रकारका गतिविधिको निन्दा एवम् भर्त्सना गर्दै दलीय भागवण्डावाट विश्वविद्यालयलाई मुक्त गर्न हार्दिक अपिल गर्दछ ।

    २. देशको वर्तमान राजनीतिप्रति जनताको आशा एवम् भरोसा टुट्दै गइरहेको छ । सरकारका गतिविधिप्रति जनता सन्तुष्ट छैनन् । भ्रष्टाचार र काण्डहरूले ठुला पार्टीका नेता बदनाम छन् । केही सहकारी ठगलाई प्रहरीले पक्राउ गरेता पनि कतिपय सत्तासिन पार्टीका सहकारी ठगहरू अनुसन्धानबाहिर रहेका छन् । हामीले सबै ठगलाई पक्राउ गरी कानुनी कारबाही गर्न र पीडितको वचत फिर्ता गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।

    ३. देशका प्रदेश सरकार भ्रष्टाचारका अखाडा बनेका छन् । आफ्ना नेताहरूको व्यवस्थापनबाहेक ती सरकारले विकासमा कुनै सिङ्को भाँचेका छैनन् । राज्यको सार्वजनिक ऋण बढेर २६ खर्ब पुगिसकेको छ । प्रदेश सरकारको वार्षिक चालु खर्च नै २ खर्ब बढी छ । त्यो बाहेक विकासका नाममा हुने भ्रष्टाचारका कैयौँ रकमले नेपालको शिक्षालाई सम्पूर्ण रूपले निःशुल्क गर्न सकिन्छ । त्यसकारण हाम्रो युनियनले प्रादेशिक संरचनाका साथै सङ्घीयता खारेजीका लागि हार्दिक अपिल गर्दछ । राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म घोषणा गरेको सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनलाई हाम्रो युनियनले समर्थन गर्दछ र आन्दोलनमा एक्यबद्धता प्रकट गर्दछ ।

    ४. फासिवादी इजरायलद्वारा प्यालेस्टाइनमाथि लगातार आक्रमण भइरहेको छ । इजरायलले प्यालेस्टाइनमा ४५ हजार बढी सर्वसाधारणको कत्लेआम गरेको छ । मारिनेमा ७० प्रतिशत बढी महिला र बालबालिका रहेको संयुक्त राष्ट्र सङ्घले उल्लेख गरेको छ । यसरी इजरायलले प्यालेस्टाइनीको वंशलाई नै समाप्त पार्ने नरसंहार नीतिको अवलम्बन गरेको छ । हामीले अमेरिकी साम्राज्यवादको मदतमा इजरायली फासिवादी सरकारले सञ्चालन गरेको युद्धको भर्त्सना गर्दै युद्ध रोक्न अपिल गर्दछौँ र प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई समर्थन गर्दछौँ ।

    ५. बैठकले सङ्गठनसम्बन्धी विविध निर्णय गर्नुका साथै पदाधिकारीको कार्यविभाजन गरेको छ ।

    क) ९ सदस्यीय सचिवालय समिति गठन भएको छ । सम्पूर्ण केन्द्रीय पदाधिकारीसहित कुलचन्द्र शर्मा र विमल खरेललाई सचिवालय सदस्यमा चयन गरिएको छ ।

    ख) निम्नअनुसार प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ : अ) कोशी देवेन्द्र पौडेल, आ) मधेस विवेक जिसी, इ) बागमती समष्टि बुढा, ई) गण्डकी गणेश सापकोटा, उ) लुम्बिनी पुरन पोख्रेल, ऊ) कर्णाली महेश शर्मा, ए) सुदूरपश्चिम जीवन नेपाली । सम्पूर्ण प्रदेशको भेलाका लागि मिति तोकिएको छ ।

    ग) केही विषयगत समिति गठन भएका छन् । ती समितिको संयोजक तथा सदस्यको जिम्मेवारी तोकिएको छ । सम्पूर्ण केन्द्रीय सदस्यलाई जिल्लागत जिम्मेवारी दिइएको छ ।

    घ) बैठकले क्याम्पसकेन्द्रित कार्यक्रमको तयारी गरेको छ । कार्यक्रमको सन्दर्भमा डकुमेन्ट्री प्रदर्शन, पर्चा वितरण तथा सङ्गठन निर्माणका कामलाई तीव्रता दिने निर्णय भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई केन्द्रित गरेर क्याम्पसगत जिम्मेवारी बाँडफाँड गरिएको छ ।

    ६. आगामी माघ १६ गते त्रिविमा “विद्यार्थी आन्दोलनको विगत, वर्तमान र भविष्य” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । विभिन्न समसामयिक शैक्षिक माग समावेश गरेर शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको छ ।

    ७. आर्थिक विषयमा छलफल भएको छ । सङ्गठनको लागि नयाँ आर्थिक उपार्जन तथा उत्पादनकेन्द्रित गतिविधिमा जोड दिने निर्णय भएको छ ।

    ८. घट्दै गएको पठन संस्कृतिलाई बढाउन केन्द्रीय समितिका सदस्यले मासिक रूपमा आफूले अध्ययन गरेको पुस्तकबारे समीक्षा लेख्नुपर्ने अनिवार्य नियम पारित गरेको छ ।”

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.