• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

स्टालिनबारे मसालको नीतिको आइकोरमा अहिले पनि प्रशंसा हुन्छ : शर्मा (भिडियोसहित)

"१४६ औँ स्टालिन जन्मजयन्ती "

  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा/चन्द्रा श्रीस, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले स्टालिनबारे नेकपा (मसाल) को नीतिको आइकोरमा अहिले पनि प्रशंसा हुने गरेको खुलासा गर्नुभएको छ ।

    एक सय छयालिसौँ स्टालिन जन्मजयन्तीको अवसरमा नेकपा (मसाल) काठमाडौँ जिल्ला समितिले २०८१ पुस ६ गते शनिबार (डिसेम्बर २१) राजमो केन्द्रीय कार्यालय भवन कपनमा आयोजना गरेको कार्यक्रममा धारणा राख्दै उहाँले सो जानकारी दिनुभएको हो ।

    मन्तव्यको क्रममा नेता शर्माले क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) को स्थापना सम्मेलनको प्रसङ्ग जोड्नुभएको थियो ।

    ‘रिमको स्थापनाको समयमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले क्रान्तिकारी कम्युनिस्ट पार्टी अमेरिकाका अध्यक्ष बब अभाकियनको स्टालिनबारे गलत नीतिको विरोध गर्दै बेग्लै प्रस्ताव पेस गर्नुभएको थियो’ उहाँले भन्नुभयो– ‘रिमभित्र स्टालिन विरोधी ट्राटस्कीवादी नीतिको विरोध गर्ने मसाल नीतिको अहिले पनि प्रशंसा हुने गरेको छ ।’

    उहाँले क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) को बैठकमा यस सन्दर्भमा कुरा हुने गरेको जानकारी दिँदै भन्नुभयो– ‘जर्मनीको मार्क्सवादी–लेनिनवादी पार्टी एमएलपिडीका नेताहरूले मसालका महामन्त्री सिंहले त्यति बेला अगाडि सार्नुभएको नीतिको प्रशंसा गर्ने गरेका छन् ।’

    उहाँल अहिले पनि युरोपमा ट्राटस्कीवादी नीति अपनाउने वामपन्थी पार्टीहरू थुप्रै रहेको बताउँदै नेकपा (मसाल) ले भने यस सन्दर्भमा सुरुदेखि नै प्रस्ट नीति लिएर अघि बढेको बताउनुभयो ।

    मन्तव्यको क्रममा नेता शर्माले स्टालिनले संयुक्त मोर्चा र कार्यगत एकताको नीतिको सन्दर्भमा नयाँ प्रयोग अगाडि सारेको बताउनुभयो ।

    ‘स्टालिनले दोस्रो विश्वयुद्धको समयमा बढी खतरनाक दुस्मनका विरुद्ध कम खतरनाक दुस्मनलाई उपयोग गर्ने नीतिको सफलतापूर्वक प्रयोग गर्नुभयो’ उहाँले भन्नुभयो ।

    त्यति बेला बेलायत, अमेरिका जस्ता साम्राज्यवादी देशले रुससित सहकार्य गर्दा कम्युनिस्ट अन्तर्राष्ट्रिय विघटन गर्ने सर्त राखेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘स्टालिनले साम्राज्यवादीहरूको त्यो सर्त स्वीकारेर अस्थायी रूपमा कम्युनिस्ट इन्टरनेसनल विघटन गर्न तयार हुनुभयो । त्यसो नगरेको भए विश्व मानव समुदाय फासिवादको सिकार बन्न सक्दथ्यो ।’

    उहाँले स्टालिनको संयुक्त मोर्चा र कार्यगत एकतासम्बन्धी नीति लेनिनले भने झैँ मार्क्सवादको आत्मा ठोस परिस्थितिको ठोस विश्लेषणअनुसार थियो ।

    मन्तव्यको क्रममा करिब दुई करोड रुसी जनताको सहादतमा हिटलरी फासिवादलाई पराजित गर्नु चानेचुने कुरो नभएको स्मरण गर्दै त्यसको श्रेय स्टालिनलाई दिनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले संयुक्त मोर्चासम्बन्धी स्टालिनको नीतिको अहिले पनि आलोचना हुने गरेको स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘तर मार्क्सवादी–लेनिनवादीहरूको संयुक्त मोर्चासम्बन्धी नीतिको सफल प्रयोग स्टालिनको नेतृत्वमा भएको थियो । अहिले पनि स्टालिनको त्यो नीतिको सान्दर्भिकता छँदै छ ।’

    उहाँले नेपालमा नेकपा (मसाल) ले पनि तात्कालिक राजनीतिमा संयुक्त मोर्चासम्बन्धी नीतिलाई अगाडि बढाएको जिकिर गर्नुभयो ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले स्टालिनले सोभियत सङ्घको मात्रै नभएर विश्व कम्युनिस्ट आन्दोलनलाई नै अगाडि बढाएको धारणा राख्नुभयो ।

    ‘एउटा मात्रै देशमा पनि समाजवादी क्रान्ति हुन सक्छ र त्यहाँ समाजवादी व्यवस्था स्थापना गर्न सकिन्छ भन्ने प्रमाण स्टालिनले प्रस्तुत गर्नुभयो’ उहाँको भनाइ थियो ।

    क्रान्तिकारी राजनीति र सर्वहारा सङ्गठनको सन्दर्भमा स्टालिनबाट धेरै कुरा सिक्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले स्टालिनको स्प्रिटलाई विश्वभरिका कम्युनिस्ट पार्टीहरूले सिक्नुपर्ने बताउनुभयो ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले स्टालिनको नेतृत्वमा रुसको चौतर्फी विकास भएको बताउनुभयो ।

    ‘सिङ्गो रुस सैनिकीकरण भएको थियो । रुसको सबै क्षेत्रमा उत्पादनले तीव्रता पाएको थियो’ उहाँले भन्नुभयो– ‘मजदुर, किसान, महिला, युवकसहित जनताका सबै तहतप्काले त्यतिबेला उत्तरोत्तर प्रगति गरेका थिए ।’

    कार्यक्रममा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, राष्ट्रिय सहकारी अभियानका महासचिव रमेश पौडेल, राजमो केन्द्रीय सदस्य सुधा शर्मा, राजमो काठमाडौँका सचिव छवि खनाल, युगदर्शनका सम्पादक विद्यानाथ अधिकारी, नेपाल पत्रकार महासङ्घ काठमाडौँका सदस्य गोविन्द शर्मा, अखिल (छैठौं) का नेता सगर सुवेदीलगायतको आतिथ्य रहेको थियो ।

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.