काठमाडौँ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको सदस्यमा निर्वाचित घनश्याम अधिकारी वैरागी जेठालाई सम्मान गरिएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा टोखा नगर समितिले २०८१ पुस ६ गते शनिबार उहाँलाई सम्मान गरेको हो ।
नगर अध्यक्ष प्रेम भण्डारीले अबिर र खादा लगाइदिँदै जेठालाई सम्मान गर्नुभएको थियो ।
सो अवसरमा राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, राजमो काठमाडौँका सचिव छवि खनाललगायतका राजमो नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
