काठमाडौं । रौतहट र बारा जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ८ र बाराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
नयाँ थपिएका संक्रमितमा रौटहटको इसनाथ नगरपालिका २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २३, २९ र ३० वर्षीय पुरुष छन् ।
त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका ३ का २८ वर्षीया महिला र बाराको कैलैया उपमहानगरपालिका ५ निवासी ३८ वर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको सोमबार बिहान ८ः४५ बजे डा.अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
