काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले नियमित रूपमा सञ्चालन गर्दै आएको साहित्यिक पदयात्राको आठौँ भाग २०८१ मङ्सिर २९ गते शनिबार सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको तीनपिप्ले, भूवनेश्वरी मन्दिर हुँदै तारकेश्वर मन्दिरसम्म चलेको पदयात्रामा विभिन्न साहित्यकार, लेखक, कवि, गीतकारको सहभागिता रहेको थियो ।
नयाँ र पुराना पुस्ताका स्रष्टाको कलामा निखारता तथा प्रस्फुटित गर्ने त्यसका साथै साहित्यिक गतिविधिमा प्रोत्साहित गर्ने उद्देश्यका साथ सञ्चालित पदयात्रामा अन्पाका अध्यक्ष समीर सिंह, महासचिव भीष्म जोशी, केन्द्रीय सदस्य ऋतु केसीका साथै संविधान सदस्य मीना पुन, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमको सहभागिता थियो ।

पदयात्रामा गण्डकी प्रदेशकी पूर्व सांसद पियारी थापा, सगरमाथाको चुचुरो पुगिसकेकी इशु भट्टका साथै सान्वी जोशी, मालता बेल्बासे, नेत्र राना, मदन पाण्डे, खुमा केसी, सरोजविक्रम जिसी, मनिषा जिसी, दीपा कार्की, दिप्सन कार्की, गोमा केसी, श्रीसा वाग्ले, प्रत्येक खड्का, कुसुम तामाङ, जानु आले, पूर्णिमा थापाको पनि सहभागिता थियो ।
२३ जना स्रष्टाको उपस्थिति रहेको पदयात्रा जितपुर फेदी पुगेर समापन भएको थियो ।
