काठमाडौँ । नेपाल पत्रकार महासङ्घको उपत्यका प्रदेशमा घनश्याम अधिकारी (वैरागी जेठा) विजयी हुनुभएको छ ।
Advertisement
५६८ मतका साथ उपत्यका प्रदेशको सदस्यमा जेठा विजयी हुनुभएको हो ।
जेठा प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका उपाध्यक्ष हुनुहुन्छ ।
उपत्यका प्रदेशमा प्रेस सेन्टरका टेकबहादुर रोका (टेनिस) को अध्यक्षसहितको प्यानल विजयी भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर सम्मिलित उपत्यका प्रदेशको आज (मङ्सिर २९ गते) सम्पन्न मतगणनामा उहाँ विजयी हुनुभयो ।
जेठा यसअघि पनि उपत्यका प्रदेशको सदस्य रहिसक्नुभएको छ ।