दिनेस रैदास (दाङ)
घोराही उपमहानगरपालिका वडा नं. १३ कोे लम्मि डाँडा टोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा २०८१ मङ्सिर २३ गते आइतबारका दिन सो समिति गठन भएको हो ।
सङ्घीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलन २०८१ सफल पारौँ सङ्घीयता विरुद्ध सङ्गठनात्मक अभियान अन्तरगत वीरबहादुर लिम्बुको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन भएको हो ।
जसको उपाध्यक्षमा शारदा बुढा, सचिव प्रेमकुमारी घर्ति, सहसचिव शिला रावत र कोसाध्यक्षमा धनमति बाठा चयन हुनुभएको छ।
त्यसैगरी सदस्यमा उर्मिला घर्ति, काशीराम घर्ति, आशा घर्ति, सञ्चिलाल पुन, कुश्मा राणा र पूनम बुढा रहनु भएको छ।
कार्यक्रममा राजमो अध्यक्ष गणेश आचार्य र जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमले प्रशिक्षण दिनु भएको थियो।
नयाँ समितिलाई जेष्ठ सदस्य बुद्धबहादुर खड्काले बधाई तथा शुभकामना दिनु भएको थियो ।
कार्यक्रम शुद्धबहादुर बाठाकोे अध्यक्षता र तुल्सीराम पुनकाे सञ्चालन रहेको थियो ।
