• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

निःशुल्क डायलाइसिस सेवाः मिर्गौला रोगीका लागि वरदान


  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
  • पोखरा । मिर्गौला रोगीहरूका लागि गण्डकी प्रदेश सरकारले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवा वरदान साबित भएको छ । सरकारी प्रयासले महँगो र जटिल उपचार सर्वसाधारणको पहुँचमा पु¥याएपछि बिरामी लाभान्वित भएका हुन् ।

    Advertisement

    पोखरा महानगरपालिका–१६ लामाचौरकी पूर्णकुमारी गुरुङलाई अब बाँच्ने आश जागेको छ । पोखरास्थित लेखनाथको सरुवा तथा सङ्क्रामक अस्पतालमा डायलासिसको उपचारत गुरुङलाई अहिले निःशुल्क उपचार सेवाले सहज भएको हो ।

    ज्यामी काम गर्ने श्रीमान्को कमाईले उपचार गर्न नसक्ने अवस्थामा पुग्नुभएकी गुरुङले यसअघि उपचारका लागि थुप्रै रकम ऋण गरेर खर्च गरिसकेको बताउनुभयो ।

    ‘धेरै अस्पताल पुगियो उपचारमा थुप्रै रकम खर्च भइसक्यो, अब उपचार गर्न सकिँदैन भनेर आश मरेर बसेका बेला सरकारले निःशुल्क डायलासिसले सुविधा दिएपश्चात् बाँच्ने आशा जागेको हो’, गुरुङले भन्नुभयो, ‘कति ऋण गरियो कति अलिअलि जोरजाम गरेको रकम थियो सबै सकियो, अहिले अलि अलि खर्च गर्न परे पनी ऋण खोज्न हिँड्नु परेको छैन ।’

    सोही अस्पतालमा आमाको उपचारका लागि आउनुभएका पोखरा–१४ चाउथेका ट्याक्सी चालक राजकुमार खड्कीले पनि डायलिस सेवा निःशुल्क हुँदा धेरै सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपचार निःशुल्क हुँदा ठूलो राहत मिलेको छ, दिनभर ट्याक्सी चलाउँछु, कहिले रु दुई–चार हजार, कहिले रु पाँच–सात सयमा चित्त बुझाउनु पर्छ, यस्तो कमाईले परिवार पाल्न र आमाको उपचार गर्न मलाई गाह्रो भएको थियो, अहिले सहज भएको छ । खड्कीले २०७७ सालमा आमालाई मिर्गौलामा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको बताउनुभयो ।

    पोखरा–१३ बाँझापाटनका तारानाथ बराल अहिले डायलासिस उपचार गराइरहनुभएको छ । विगत पाँच वर्षदेखि मिर्गौलाको समस्या झेलिरहनुभएका बरालले निःशुल्क डायलासिस सेवा जनताको हितका लागि सरकारको सकारात्मक कदम भएको प्रतिक्रिया दिनुभयो ।

    “आर्थिक अभावले डायलासिस गर्न नसक्नेका लागि यो वरदानजस्तै भएको छ, म सन्तुष्ट छु, म जस्तै अरु पनि लाभान्वित भएका छन्”, ७१ वर्षीय बरालले भन्नुभयो ।

    विगत पाँच वर्षदेखि मिर्गौलाको समस्या खेपिरहनुभएका बराल पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रोफेसरको अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ । बरालले पेन्सनकै भरमा काठमाडौँका विभिन्न अस्पतालमा डायलासिस गराउँदै आउनुभएको थियो । निकै महँगो उपचार पद्धतिले आजित हुनुभएका बराल निःशुल्क सेवाबाट लाभान्वित भएको बताउनुहुन्छ ।

    नियमित उपचार गरिहनुपर्ने र सर्वसाधरणको पहुँचभन्दा निकै महँगो उपचार मानिने मिर्गौला रोगलाई यो व्यवस्थाले वरदान सावित गरिदिएको गण्डकी प्रदेश सरकारका सचिव डा विनोद विन्दु शर्मा बताउनुहुन्छ । ‘यो निकै खर्चिलो र सर्वसाधारणको पहुँचा बाहिरको उपचार पद्धति हो, सरकारले डायलासिसलाई निःशुल्क गरेसँगै यसका बिरामी लाभान्वित भएका छन्’, उहाँले भन्नुभयो । उहाँले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेकका जिल्लामा डायलासिस सुविधा रहेको बताउनुभयो । गण्डकी प्रदेशमा हाल ४१ अस्पतालमा १६ डायलासिस युनिट सञ्चालनमा रहेका छन् । यी युनिटमार्फत एक हजार ८२ बिरामीले डायलासिस सेवा लिइरहेका छन् । तीमध्ये सात सय ८४ जना सक्रिय बिरामी रहेका छन्भने एक सय ३६ जना सेवा पर्खिरहेका छन् ।

    डायलासिस सेवाका लागि एक सय ७२ मेसिन उपलब्ध भए पनि एक सय ३७ मात्र सञ्चालनमा छन् । चौतीस मेसिन बिग्रिएको अवस्थामा छन्भने एक मात्र ‘ब्याकअप मेसिन’ छ । यस्तै, एक सय ५२ सञ्चालनयोग्य शय्या रहेका छन् । दक्ष जनशक्तिका हिसाबले डायलासिस सेवामा आठ नेफ्रोलोजिस्ट, नौ एमडिजिपी (तीन तालिम प्राप्त), २६ मेडिकल अफिसर (सात तालिम प्राप्त), एक सय १९ स्टाफ नर्स (८३ तालिम प्राप्त), १० बायोमेडिकल प्राविधिक (आठ तालिम प्राप्त) र ४० सहायक (२१ तालिम प्राप्त) कार्यरत छन् ।

    शर्माका अनुसार एकजना बिरामीले प्रत्येक हप्ता दुईपटक डायलासिस गर्नुपर्छ । महिनामा आठदेखि केही बिरामीलाई १२ पटकसम्म गर्नुपर्ने हुन्छ । त्यसको महिनाको खर्च रु ८० हजारसम्म पर्न जान्छ । गण्डकी प्रदेशमा सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई सरकारी तालिम केन्द्रका रूपमा विकसित गर्दै डायलासिससम्बन्धी तालिम प्रदान गर्ने आफ्नै केन्द्र स्थापना गर्ने रणनीति अघि बढाइएको र यसले प्रदेश स्वास्थ्य सेवा सुधारमा ठूलो टेवा पुग्ने विश्वास लिइएको उहाँको भनाइ छ ।

    लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले मिर्गौला बिरामी निःशुल्क उपचारबाट निकै लाभान्वित भएको बताउनुभयो । ‘यो महँगो उपचार पद्धति सरकारले निःशुल्क गरेदेखि बिरामीलाई राहत मिलेको छ’, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार उक्त अस्पतालमा हाल २४ डायलासिस मेसिन र १७ शय्या उपलब्ध छन् । एकैपटक १६ मेसिनले सेवा दिनसक्ने व्यवस्था छभने बाँकी मेसिन ‘ब्याकअप’का रूपमा राखिएका छन् । त्यसले सेवा निरन्तरता सुनिश्चित गर्न मद्दत गर्ने उहाँले बताउनुभयो ।

    उक्त अस्पतालमा दैनिक औसत ३१ जना बिरामीले डायलासिस सेवा लिइरहेका छन् । अस्पतालमा हाल ८६ जना बिरामी सूचीकृत छन्भने गत महिनामात्रै ६ सय ३० पटक डायलासिस सेवा प्रदान गरिएको डा गौचनले जानकारी दिनुभयो । दक्ष जनशक्तिको अभावले सेवा विस्तारमा केही चुनौती खडा गरेको उहाँको भनाइ छ ।

    उहाँले डायलासिस सेवा मात्र नभई मिर्गौला रोगको रोकथाम तथा सचेतनामा पनि सक्रिय रहेको बताउनुभयो । ‘जीवनशैली सुधार, नियमित स्वास्थ्य परीक्षण र उचित परामर्शले मिर्गौलासम्बन्धी समस्याबाट बच्न सकिन्छ भन्ने सन्देश हामीले जनमानसमा पुर्याउँदै आएका छौँ’, गौचनले भन्नुभयो ।

    गण्डकी प्रदेशको स्वास्थ्य सेवासम्बन्धी जानकारीअनुसार प्रदेश सरकारले सन् २०२० देखि डायलासिस सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । मिर्गौला रोगबाट पीडित बिरामीको उपचार लागत घटाउनु र सर्वसाधारणलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु यसको मुख्य उद्देश्य रहेको छ ।

    पोखरा–३० स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा २०७९ असार ९ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवासमेत सुरु भएको छ । अहिलेसम्म १३ जनाको सफल मिर्गौला प्रत्यारोपण भइसकेको प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिनुभयो ।

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.