काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्कबहादुर शाही विजयी भएका छन्। उनले १४३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन्।
Advertisement
उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत प्राप्त गरेकी छन्।
यस्तै, सहायक निर्वाचन अधिकृत हरिचन्द्र गौतमले नेकपा एमालेले ऐनबहादुर शाहीले ७८ र नेपाली कांग्रेसबाट पैरबहादुर शाहीले ४९ प्राप्त गरेका जानकारी दिए।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गगन बमले १७ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाहीले ५ मत प्राप्त गरेका छन्।
६ सय ९ मतदाता रहेकामा ४११ मत खसेको थियो। ४ मत बदर भएको छ।
२०७९ को स्थानीय तहको निर्वाचनमा यस वडामा नेकपा माओवादीकेन्द्रले निर्वाचन जितेको थियो।